गेर्खुको पुल बाढीले बगाएपछि नुवाकोट- रसुवा यातायात ठप्प, दर्जनौं यात्रु अलपत्र

काठमाडौं ।

पासाङल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रावती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।

आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त बाटो ठप्प भएपछि दर्जनौं यात्रु अलपत्र परेका छन् ।

सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास शुरु भएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ ३ मा प्रकाशित ।

Loading...