सिजन मिडियाले मिस कलेजसँगै कलेज हेन्डसम पनि छनौट गर्ने

काठमाडौ । यसअघि मिस टाइटलमा विभिन्न प्रतियाेगिता गराउँदै अाएकाे सिजन मिडियाले पहिलाे पटक कलेज हेन्डसम प्रतियाेगिता गर्ने भएकाे छ । दसाै वर्ष प्रवेशका अवसरमा सिजन मिडियाले यसपटक मिस कलेजसँगै कलेज हेन्डसम प्रतियाेगिता चलाउन भएकाे हाे ।

प्रतियाेगिताका लागि शनिवार पहिलाे अडिसन समेत लगिसकिएकाे छ । काठमाडाैंकाे कमलादीस्थित सि डव्लु पार्टी प्यालेस सम्पन्न पहिलाे अडिसनबाट २०/२० जना छनाैट भएकाे सिजन मिडियाका अध्यक्ष प्रदिपराज वन्तले जनाएका छन् ।

प्रतियाेगितामा काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्र छात्राहरु सहभागी भएका थिए । पहिलाे अडिसनबाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि छनौट भएका छन् ।

पहिलाे अडिसनमा सिजन मिडियाकी अफिसियल कोरीयोग्राफर रोजिन शाक्य, एयरक्राफ्ट इन्जिनियर रन्जीत जैशवाल, प्रि व्रिटिस हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु, सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए । प्रतियोगिहरुलाई भाद्र ५ गतेबाट विभिन्न प्रशिक्षणमा सहभागी गराइने सिजन मिडियाले जनाएकाे छ ।

अध्यक्ष वन्तले प्रतियाेगीहरुलार्इ व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धी जानकारी, ट्राफिक नियम सम्वन्धी प्रशिक्षण दिइने बताए । त्यसैगरी सामाजिक सेवा अन्तरगत बागमति सफाई कार्यक्रममा सहभागी गराइने, रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगितात्मक कार्यक्रमहरु पनि समावेश गरिने जानकारी दिए । यसले प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुने अध्यक्ष वन्तले बताए ।

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति र थाइल्याड भ्रमणको माैका पनि पाउनेछ । त्यसैगरी दुवै प्रतियोगीताका विजेताले मोवाइल फोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल आएल्स म्यूजिक भिडयो तथा मोडलिङ विधामा पनि दिइनुका साथै विभिन्न गिफ्टहयाम्पर प्रदान गरिने अध्यक्ष वन्तले जानकारी दिए ।

Loading...