‘ जमात उचाल्ने भाषण कि मदन भण्डारीको कि पद््मरत्नको ’

भदौं २ शनिबार, काठमाडौं
नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद््मरत्न तुलाधरले लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुभएको भूमिका सदवै स्मरणीय हुने सम्बद्ध व्यक्तिहरुले बताएका छन्् ।
पद््मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार आयोजना गरेको ‘पत्रकारिता पद््मरत्न तुलाधर’ विषयक विचार गोष्ठीका सहभागीहरुले सो कुरा बताएका हुन्् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता, भाषिक समानताका लागि समावेशी पत्रकारिता भन्ने नाराका साथ सो कार्यक्रम आयोजना गरिएको थियो ।
उहा“संगै काम गर्नुभएका परराष्ट्रविद्् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री रघुजी पन्त, मल्ल के सुन्दर र नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले तुलाधरको पत्रकारितामा योगदानसंगै लोकतन्त्र, मानव अधिकार, राजनीतिकको क्षेत्रमा पु¥याउनुभएको योगदानको विविध पक्षको चर्चा गर्नुभयो ।
उहा“ले २०१४ सालतिर नेपाल भाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गर्नुभएको थियो ।सो पत्रिका नेपाल भाषाको पहिलो दैनिक थियो । शुरुमा उहा“ले राससबाट प्रकाशित हुने समाचार बुलेटिनको भाषा अनुवाद गर्नुहुन्थ्यो । पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार महासंघका सस्थापक सदस्य फत्तेबहादुर सिंहको सहयोगीको रुपमा तुलाधरले लामो समय काम गर्नुभयो ।
सम्पादक सिंहले पत्रिका चलाउन नसकेपछि उहा“ले असनस्थित बालकुमारीमा मदन प्रिण्टिङ्ग प्रेस खोल्नुभयो । त्यसपछि पत्रिका सम्पादन गर्ने, लेख लेख्नदेखि लिएर छपाई र पत्रिका बजारसम्म पु¥याउने कार्य उहा“ एक्लैले गर्नुभएको थियो । त्यसपछि वामपन्थीहरुको पत्रिका रातो युगधाराको सम्पादक भई तुलाधरले पञ्चायती व्यवस्था विरुद्ध नेपाली भाषामा निरन्तर स्तम्भ लेख्न शुरु गर्नुभएको थियो । सहभागी वक्ताहरुले यसै सेरोफेरोका विभिन्न पक्षको चर्चा गर्दै उहा“को राजनीति आयामको पाटो केलाउनुभयो ।
नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता क्षेत्रमा पद््मरत्न आफ््नो गुरु रहेको स्मरण गर्दै भन्नुभयो ‘२०४२, ०४३ सालतिर म ९ कक्षामा पढिरह“दा मेरो पद््मरत्न तुलाधरसंग चिनजान भएको थियो । पञ्चायती व्यवस्था विरुद्ध प्रकाशित पत्रिकाहरु विभिन्न प्रेसबाट संकलन गरेर जेलमा रहेका राजबन्दीहरु कहा“ पु¥याउने । यस क्रममा उहा“बाट धेरै सिके ।’ पद््मरत्न तुलाधरको प्रखर वक्तृत्वको चर्चा गर्दै उहा“ले भन्नुभयो ‘ नेपालमा दुई जना नेता मात्र यस्ता छन््, जसको भाषण र भाषणको रेकर्ड टेप सुन्न हजारौ जनता लालायित भए । ती मदन भण्डारी र पद््मरत्न मात्र हुन्् । यीनको भाषण सुनेर हजारौ जनता जागरुक भए । जसले हजारौमा तेज गतिले वैचारिक प्रवाह गर्न सके ।’
परराष्ट्रविद्् हिरण्यलाल श्रेष्ठले लोकतान्त्रिक आन्दोलन र भाषिक समानताको लागि मिसन पत्रकारिता गर्नुभउको धारणा राख्नुभयो ।तुलाधर आफैले एक रुपैया“ नलिईकन वर्षौसम्म सम्पादकीय लेख्ने, राससको समाचार भाषा अनुवाद गर्ने, छाप्नको लागि अक्षर कम्पोजदेखि बजारसम्म पु¥याउन कार्य एक्लैले गर्ने गरेको बताउ“दै उहा“ले भन्नुभयो ‘यसरी मिसन पत्रकारिता गर्ने नेपालमा दुई जनामात्र रहेको छ । ’
मल्ल के सुन्दरले पञ्चायती व्यवस्थाका विरुद्ध, लोकतान्त्रिक मूल्य, समानताका लागि उहा“ले गर्नुभएको पत्रकारिताबाट आजको पुस्ताले सिक्नुपर्ने खा“चो रहेको बताउनुभयो । ‘जुन मूल्य, मान्यताका लागि उहा“ले पत्रकारिता गर्नुभयो । त्यो आजको पुस्ताले उहा“बाट धेरै सिक्नुपर्दछ ।’ मल्लले भन्नुभयो ।
नेकपाका नेता रघुजी पन्तले पद््मरत्नको पत्रकारितामा प्रखरतासंगै हास्यव्यंग्य लेख्न सक्ने क्षमताको निकै सराहना गर्नुहु“दै नेपालको लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारका लागि पद््मरत्नको उल्लेखनीय योगदानको रहेको बताउनुभयो ।
सो अवसरमा अगुवा तुलाधरले आफैले समेत बिर्सिसकेको कुरो स्मरण गराउने सबैलाई धन्यवाद दि“दै आफू धेरै वर्षसम्म बा“च्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा तुलाधरको भूमिकाले पत्रकारलाई सदैव प्रेरणा दिने बताउनुभयो ।
तुलाधरको यही भदौं १६ गते हुने भिमरथारोहणको अवसरमा विविध कार्यक्रम गरी मनाउने निर्णय अनुरुप सो कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार नेपालको मानव अधिकार आन्दोलनमा पद््मरत्न तुलाधरको भूमिका विषयक विचार गोष्ठी आयोजना गरिएको थियो ।

Loading...