अरनिको समाजद्वारा उच्चशिक्षा अध्ययनको लागि जाँदा विदेश जानेलार्इ आग्रह

अध्ययनको लागि ६१ जना नेपाली विद्यार्थी चीन जाने

काठमाडौ, २ भदाै । यस वर्षको चिनीयाँ शैक्षिक सत्रको लागि नेपाल स्थित अरनिको समाजले ६१ जना नेपाली विद्यार्थी चीन जाने पक्का भएको बताएको छ । बिहिबार राजधनीको नेपा ब्याङ्वेटमा एक कार्यक्रम गरि कन्फर्मेसन लेटर दिएको हो ।

गत साल पनि सो समाजको पहलमा चीनको सचूवान प्रान्तका विभिन्न ५ ओटा विश्व विद्यालयमा ४० जना विद्यार्थी पठाएको र जस मध्ये धेरै जसो एक वर्षे चिनीयाँ भाषा र संस्कृति विषयको कोर्ष पूरा गरेर आएको सो समाजका अध्यक्ष डा.सर्बोत्तम श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले हाम्रो उत्तरी छिमेकी देश चीनसंग पनि हामीले जनस्तरमा नै सम्बन्ध सुधार गर्नका लागि शिक्षा र संस्कृति आदानप्रदान मुख्य विषय भएकोले धेरै भन्दा धेरै योज्ञ नेपाली विद्यार्थी चीन पठाउने प्रयत्न गरिएको बताए ।

त्यस्तै समाजका उपाध्यक्ष डा.मनोजमान श्रेष्ठले गत बर्ष पढेर आएका र पढिरहेका नेपाली विद्यार्थीहरुको राम्रो प्रभाव र परिणामका कारण अहिले अरनिको समाजले अझ बढी विद्र्यी पठाउन पाएकोमा खुसि व्यक्त गरे । साथै उपाध्यक्ष श्रेष्ठले चीनमा पढ्ने अरुदेशका विद्यर्थीहरु भन्दा नेपाली विद्र्यीरु अब्बल साबित भएकोले नेपालको अन्तराष्ट्रिय स्तरमा राम्रो छबि पनि गइरहेको धारणा व्यक्त गर्दै भने,‘नेपाली भनेको मेहनति र इमान्दार अनि लगनशील हुन्छ भन्ने छापलाई यो व्याजले पनि निरन्तरता दिनेछ मलाई पूर्ण विश्वास छ ।’

समाजका महासचिब डा.शुसिल प्रजापतिले चीनमा पढ्ने वातावरण राम्रो हुनुका साथै कडा अनुसासन पनि पालना गर्नु पर्ने धारणा व्यक्त गर्दै भने, ‘आमा बाबुबाट टाढा भइयो अब देख्ने कोहि छैन भनेर स्वतन्त्रताको दुरुपयोग गर्नेहरु पनि छन् त्यस्तो नहोस् शुभकामना ।’

कार्यक्रममा एक वर्ष चिनीयाँ भाषा,संस्कृति तथा पत्रकारीता विषय पढेर फर्किएका पत्रकार तथा संवाद डबलीका सचिब धनन्जय बुढाले मान्छेसंगै उसको संस्कार र संस्कृति जाने हुँदा सकभर आफ्नाे देशकोे छवि विग्रने गतिविधि हुनबाट बच्नु पर्ने चीन प्रस्थान गर्न लागेका विद्यार्थीहरुलाई सुझव दिए ।

त्यस्तै पैकिङ विश्वविद्यालयमा मेडिशिन विषय अध्ययन गर्दै गरेकि र तिनै वर्ष विश्वविद्यालय प्रथम भएकी आरति श्रेष्ठले आफूसंगैका अन्य देशका विद्यार्थीहरु क्लव जाने, रमाइलो गर्ने हुँदा कति पयलाई उनिहरुको देशमा नै विश्वविद्यालयले फिर्ता पठाएको उदाहरण दिदै नेपाली विद्यार्थीले सकभर त्यस्तो अवस्थासंग सतर्क हुन सुझाइन्् । साथै उनले चीनमा राम्रो गरेर नेपालको इज्जत बढाउन नवप्रवेशी सबैलाई शुभकामना दिइन् ।

त्यसैगरी एक वर्षे चिनीयाँ भाषामा निकै राम्रो परिणाम ल्याउन सफल कल्पना पौडेल, विवेक सिंह लगायतले नेपालमा जस्तै शिक्षक शिक्षिकाले विद्यार्थीलाई सम्झाउने या आलोचना गर्ने भन्दा चुपचाप मुल्याङ्कन गर्ने र त्यसका परिणम रिजल्टमा आउने हुँदा निकै अनुशासित हुनुपर्ने सल्लाह दिए ।

Loading...