वलिउड हटकेक नायिका दिपिकाको बिहे पक्का भयो, इटलीमा विहेको मञ्च सजाइदै

काठमाडाैं । केही वर्षयता प्रेम सम्बन्धमा रहेका बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुने चर्चा लामो समयदेखि चलिरहेको छ। अब भने उनीहरू विवाह बन्धनमा बाँधिने पक्का भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू नोभेम्बर २० तारिखमा विवाह बन्धनमा बाँधिने भएका छन्। दीपिकाको मन पर्ने देश इटालीमा हुने विवाहमा उनीहरूका निकट र आफन्तको सहभागिता रहने समाचारमा जनाइएको छ। बिहे गरेर फर्केपछि दुवैले आफन्त र साथीलाई मुम्बई र दीपिकाको जन्मस्थान बंैग्लोेरमा छुट्टाछुट्टै ग्र्यान्ड रिसेप्सन दिनेछन्। उनीहरू र उनीहरूको पारिवारिक पक्षबाट भने विवाहका बारेमा आधिकारिक जानकारी बाहिरिएको छैन।

अभिनेता कवीर बेदीले भने सामाजिक सञ्जालबाट यी दुईको विवाह तय भएको जानकारी दिएका छन्। समाचारअनुसार हाल दुवैका परिवार विवाहको तयारीमा जुटेका छन्। दीपवीर नामबाट दर्शकमाँझ चिनिएको यो जोडीले रामलीला, बाजिराव मस्तानी, पद्मावतलगायत फिल्ममा एकैसाथ काम गरेका छन्।

Loading...