अन्ततः मानव अधिकार आयोगको गाडीबाटै प्रकाण्ड पुनः गिरफ्तार, प्रहरीले यसरी खोसेर लग्यो

काठमाडौँ । 

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । लगातार ५ घण्टाको धर्नापछि प्रहरीले राति ९ बजे अदालत परिसरबाटै प्रकाण्डलाई राष्ट्रिय मानवअधिकार आयोगको गाडीबाट खोसेर गरिफ्तार गरेको हो ।

करिब ७/८ सयको संख्यामा खटिएको प्रहरीले प्रकाण्ड चढेको राष्ट्रिय मानवअधिकार आयोगको गाडी नै सर्वोच्च परिसरमा घेराबन्दीमा पारेको थियो । आयोग र प्रहरीको करिब १ घण्टाको रस्साकस्सीपछि प्रकाण्ड गिरफ्तार परेका हुन् ।

सर्वोच्चले प्रकाण्डलाई रिहा गर्ना आदेश दिएलगत्तै अपरान्ह ४ बजेदेखि ठुलो सख्यामा प्रहरी अदातल परिसरमा खटिएको थियो । राती ८ बजेसम्म पनि प्रहरी परिसरबाट नहटेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सर्वोच्च पुगेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले भ्यानसहित प्रहरी अदालतको परिसरमा प्रवेश गर्नु मानव अधिकारको ठाडो उलंघन भएको भन्दै मुद्दा चलाउने चेतावनी दिएपछि प्रहरी केहिबेर बाहिर निस्के पनि गेटमा धर्ना दिएर बसेको थियो ।

राति पौनै ९ बजे सर्वोच्च अदालतका मुख्य रजिष्टार राजनप्रसाद भट्टराई, राष्ट्रिय मानव अधिकार आयोगमा सदस्य सुदिप पाठक र नेपाल बार एशोशिएसनका अध्यक्ष शेरबहादुर केसीलगाएत प्रवक्ता प्रकाण्डलाई सुरक्षित बाहिर निकाल्नेबारे छलफल भपछि सफल हुन सकेनन् ।

गेटमा तैनाथ भएर बसेको प्रहरीले प्रकाण्ड बाहिर निस्किएलगत्तै तैनाथ पुनः गिरफ्तार गरेर भ्यानमा हालेर लागेको छ ।  प्रहरीले लगाएको चन्दा आरोप पुष्टि नभएपछि सर्वोच्चको रिहाईको आदेश गरेको थियो ।

प्रकाण्डका छोरा नरेन्द्रबहादुर बिकले गैर कानूनी रुपमा गिरफ्तारी गरेको भन्दै रिहाईको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि बहस गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको ईजलास प्रकाण्डलाई रिहाईका आदेश गरेको हो ।

बिकले दायर गरेको रिटको पक्षमा एकराज भण्डारीसहित २८ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए भने नं. २ मा विहानैदेखि बहस भएको थियो । प्रवक्ता प्रकाण्डसँगै रिफ्तार गरिएका हरिचन्द्र आचार्य ‘विमर्श’ र मानबहादुर श्रेष्ठ भने रिहा भएका छन् ।

Loading...