सडक निर्माणमा नमूना मानिएको कलंकी चोकको अञ्डरपास आजबाट सञ्चालनमा

काठमाडाैं, १ भदाै । नेपालकाे सडक पूर्वाधारमा नमूना मानिएकाे कलंकीकाे बन्दै गरेकाे अण्डरपासकाे सबै काम पूरा भएपछि अाजबाट सञ्चालनमा अाएकाे छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘अण्डरपास’ नेपालकै पहिलाे अन्डरपास हाे ।

चक्रपथ सुधार अायाेजना अन्तरगत याे अन्डरपास निर्माण गरिएकाे हाे । चक्रपथ सुधार चीन सरकारकै अनुदान सहयोगमा चलिरहेकाे छ । आयोजनाका प्रमुख प्रकाश भण्डारीका अनुसार याे अायाेजना मंसिरसम्म सबै पूरा हुनेछ ।

कलंकी चाेकमा निर्माण गरिएकाे अन्डरपास ८०० मिटर लामो र चार लेनको छ । साथै त्यसमध्ये ४०० मिटर कलङ्की–खसीबजार तर्फकाे भागकाे ‘फिनिसिङ’को कामसमेत सम्पन्न भएको छ । त्यसैगरी कलङ्की-बाफल तर्फकाे भागमा रहेकाे ४०० मिटर पनि ‘फिनिसिङ’ सकेर याे पास सन्चालनमा ल्याइएकाे हाे ।

योसँगै कोटेश्वर-बल्खुपुल-कलङ्की १० दशमलव चार किमी सडकलाई आठ लेनमा विस्तार गर्ने काम पूरा भएको छ। नौ किमिको काम सम्पन्न भइसकेको र एक दशमलव चार किमीको काम बाँकी रहेको आयोजनाले जनाएको छ। ‘कोटेश्वर-बल्खुपुलको सबै काम सम्पन्न भएको छ, बल्खुपुलबाट कलङ्कीसम्म सडक विस्तार अन्तिम चरणमा पुगेको छ, मंसिरसम्म सबै काम सकेर सडक हस्तान्तरण हुन्छ’, उनले भने।

चिनियाँ युआन २१ करोड २० लाख अर्थात् नेपाली करीब पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भएको हो। निर्माण व्यवसायीलाई चीनले नै रकम उपलब्ध गराउने आयोजनाले जनाएको छ।

यस्तै दोस्रो चरणमा कलङ्कीबाट महाराजगञ्जसम्म आठ दशमलव पाँच किमी सडक विस्तारका लागि गृहकार्य सुरु भएको सडक विभागले जनाएको छ। यो खण्डको किनारका संरचना हटाउने काम शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए।

साउनसम्म यो खण्डको पनि प्रारम्भिक डिजाइन तयार हुने विभागले जनाएको छ। त्यस लगत्तै काम शुरु हुनेछ। यो खण्ड विस्तारका लागि पनि चीनले नै अनुदान सहयोग गर्नेछ। २८ किमी चक्रपथमध्ये महाराजगञ्ज–कोटेश्वर खण्डका विषयमा भने कुनै प्रक्रिया अघि बढेको छैन।

Loading...