बन्द सकिएपछि विप्लवले भने- अन्तिम लडाइँ लड्न जरुरी भइसकेको छ (विज्ञप्तिसहित)

काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकार दिनप्रतिदिन फासिस्ट र निरंकुश बन्दै गएको भन्दै त्यसविरुद्ध अन्तिम लडाइँ लड्नु पर्ने जरुरी भइसकेको बताएका छन् । मंगलबार नेपाल बन्द सकिएलगत्तै विप्लवले विज्ञप्ति जारी गरेर सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

साथै महासचिव विप्लवले सरकार दिनप्रतिदिन फाँसिष्ट र निरंकुश बन्दै गएको भन्दै संसदिय ब्यवस्थाका विरुद्ध सबै मिलेर अन्तिम लडाई लडन जरुरी भईसकेको बताएका छन् । विज्ञप्तिमा विप्लवले नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गरेका र वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई बर्बाद पारिरहेको बताएका छन् ।

“नेपाली क्रान्तिकारी आन्दोलनप्रति भयानक गद्दारी गरी दलाल संसदीय व्यवस्थामा आत्मासमर्पण गर्न पुगेका यी वामपन्थी खोल ओडेकाहरुले देश र जनतालाई दिनदिनै बर्वाद गरिराखेका छन् । क्रान्तिकारी र देशभक्तहरुमाथि देशीविदेशी प्रतिक्रियावादीहरुको निर्देशन र इसारामा सखाप पार्ने योजना बुनिरहेका छन् । कमरेड प्रकाण्ड लगायतका नेता÷कार्यकर्ताहरुको गिरफ्तारी यसैको उदाहरण हो” जारी विज्ञप्तिमा भनिएको छ ।

विप्लवले पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुको गिरफ्तार सरकारले नै भन्दै आएको संघीय संविधानको विपरित रहेको भएको पुष्टि भएको बताएका छन् ।

विप्लवले पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलाई प्रहरीले पक्राउ गरेको विरोधमा मंगलबार आह्वान गरिएको नेपालबन्द सफल बनाउने सम्पुर्ण बामपन्थी, देशभक्त, प्रगतिशिल शक्ति र जनताप्रति हार्दिक कृतज्ञता पनि ब्यक्त गरेका छन् ।

यस्तो छ विज्ञप्ति

Loading...