गल्कोट समाज जापानको पाचौ अधिबेशन सम्पन्न, अध्यक्षमा दिलु खत्री निर्वाचित

गल्कोट समाज जापानको अध्यक्षमा दिलु खत्री निर्बिरोध निर्वाचित भएका छन ।समाजको टोकियोमा सम्पन्न पाचौ अधिवेशन बाट खत्री निर्वाचित भएका हुन ।गल्कोट समाज जापान नेपालको बाग्लुङ जिल्लाको गल्कोट बाट जापानमा अाई बिभिन्न पेशा ब्यवसाय गरिरहेका गल्कोटेहरुको साझा संस्था हो ।

अधिवेशनले ३३ सदस्यीय कार्यसमितिको चयन् पनि गरेको छ ।समाजको बरिष्ठ उपाध्यक्षमा भवानी पन्त, उपाध्यक्षमा क्रमश: कालिका थापा, तेज चालिसे, बिजय भण्डारी, भिम क्षेत्री र भोजेन्द्र सुबेदी चयन भएका छन ।त्यसैगरी समाजको महा-सचिबमा कृष्ण के सी चयन भएका छन भने सचिबमा नविन न्यूउरे र राजेन्द्र श्रेष्ठ रहेका छन । समाजको कोषाध्यक्षमा रामु चालिसे र सह-कोषाध्यक्षमा डिलाराम गैरे चयन भए । बिभागमा लोकेश खत्रीलाइ युवा विभाग र लक्ष्मण कार्कीलाइ प्रकाशन बिभागको संयोजकको जिम्मेवारीमा चयन गरियो ।

त्यसैगरी समितिका सदस्यहरुमा क्रमश: रत्नसिंह बस्नेत, निम खड्का, पदम बुढाथोकी, रमेश गौतम, सुमित खत्री, मिलन बस्नेत, अम्मर भण्डारी, राजु गैरे, धन ब. खत्री, नन्दराज रेग्मी, राम ब. थापा(दिल), कृष्ण खत्री, किसान बस्नेत, पबी अधिकारि, चन्द्रा अधिकारी र रमना पौडेल छन ।

केन्द्रीय समितिमा पदेन सदस्यहरुमा क्रमश: महेन्द्र साहानी(टोकियो), युवराज गौतम(नागोया), शिबु थापा (ओसाका), बिपिन कंडेल (फुकुओका) , लाल ब. खत्री ( सिजुओका) र गीता बस्नेत (यामानासी/नागानो) रहेका छन । समितिमा ३ सदस्य पछि मनोनित गरिने समाजले जनाएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण गौचन, पुर्ब अध्यक्षहरु हर्क थापा, मोहन खत्री, आत्मराम गैरे, गोबिन्द श्रेष्ठ, निबर्तमा अध्यक्ष नर ब. थापा, सल्हाकारहरु याम खत्री, टंक गैरे, दिपक के सी, मगरसंघ जापानका अध्यक्ष गङ्गा घर्तिमगर, लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नवनिर्बाचित अध्यक्ष दिलु खत्रीले गल्कोट समाज जापानले बिगतमाझै आफ्ना सामाजिक कृयाकलापहरुमा सक्रियताका साथ लागिरहने बताउदै गल्कोटका साथै नेपालमा र जापानका नेपालीहरुलाई पनि भैपरी आउने समस्यामा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गल्कोट समाज जापान जापानमा एक सक्रिय सामाजिक संस्थाका रुपमा परिचित छ ।जापानमा मात्रै नभई समाजले नेपालमा पनि सामाजिक कामहरु गरिरहेको छ ।

Loading...