उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बनायाे ८ वटा विषयगत समूह

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको बैठकले विभिन्न आठ वटा विषयगत समूह निर्धारण गरी सदस्यहरुको जिम्मेवारी तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा आइतबार बसेको बैठले उक्त समुह गठन गरेको हो ।

चारमहिना भित्र समाजवाद उन्मुख शिक्षाको प्रणालीको खाका सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको आयोगले संघीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, उद्देश्यहरू., शिक्षाको निर्देशक सिद्धान्त र संघीय संरचना अनुसार तहगत भूमिकाका सम्बन्धमा आयोगमा छलफल अगाडि बढाउँदै अवधारण पत्र विकास गर्नेछ ।

बैठकले डा. गङ्गालाल तुलाधर, प्राडा सुजनबाबु मरहट्टा र प्राडा शारदा थपलिया सदस्य रहेको उच्च शिक्षा विषयगत समूह गठन गरेको छ । श्याम श्रेष्ठ, रमेश सिलवाल र चक्रमान विकको समुहले माध्यमिक शिक्षाको विषयगत समूहका लागि माध्यमिक शिक्षा, विद्यालय व्यवस्थापन, प्रधानाध्यापक र शैक्षिक नेतृत्व तथा शैक्षिक मापदण्डका क्षेत्रमा रहेर प्रतिवेदन तयार पार्नेछ ।

प्राडा मीनबहादुर विष्ट, लक्ष्मण शर्मा र प्राडा रामस्वार्थ राय सदस्य रहेको समुहले प्रारम्भिक बाल शिक्षा, बाल विकास, आधारभूत शिक्षा, विद्यालय व्यवस्थापन, प्रधानाध्यापक र शैक्षिक नेतृत्व, शैक्षिक मापदण्ड तथा शिक्षण संस्थाको अनुमतिका बारेमा अध्ययन गर्नेछ ।

विमल फुयाल र डा. सुशन आचार्यको समुहले जीवनपर्यन्त शिक्षा समूहले जीवनोपयोगी सीप, साक्षरता शिक्षा, निरन्तर शिक्षा, खुला र दुर शिक्षा तथा बैकल्पिक शिक्षाको प्रतिवेदन तयार गर्ने छ ।

त्यसैगरी प्राडा टंकनाथ शर्मा, डा. कृष्ण पौडेल र प्राडा मनिष पोखरेल सदस्य रहेको समुहले प्राविधिक तथा ब्यवसायिक शिक्षाको विषयगत समूहले प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम, सीप परीक्षण, राष्ट्रिय व्यावसायिक योग्यता, सूचना प्रविधि, प्रविधि मैत्री शिक्षा, पुर्वाधार विकास र शिक्षामा इण्टरनेटको उपयोगका बारेमा अध्यययन गर्नेछ ।

डा. उषा झा, डा. बाबुराम अधिकारी र बैकुण्ठप्रसाद अर्याल सदस्य रहेको सुशासन, वित्त र साझेदारी समूहले शिक्षक तथा कर्मचारी व्यवस्थापन, अभिभावक शिक्षा, सेवा प्रवाह, अनिवार्य र निःशुल्क शिक्षा, बैदेशिक सहायता परिचालन, विकास साझेदार र समन्वय संयन्त्र, शिक्षामा लगानी ढाँचा, शिक्षण संस्थाको अनुमति, नियमन तथा व्यवस्थापन, शिक्षामा गैर सरकारी संस्था र शिक्षण संस्थाको सम्पत्ति व्यवस्थापनका बारेमा अध्ययन गरी प्रतिवेदन तयारी गर्ने जिम्मेवारी दिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए ।

डिआर पौडेल, खगराज बराल र नन्दकुमार थापासहितको समुहले शिक्षामा गुणस्तर विषयगत समूहले पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा एवं मूल्यांकन पद्दती, शिक्षक शिक्षा र तालिम, शैक्षिक सुपरीवेक्षण र शिक्षण सिकाइ वातावरण, सुरक्षित विद्यालय तथा , साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथम्याकिक्स(स्टिम) विषयमा अध्ययन गर्नेछ ।

प्राडा विद्यानाथ कोइराला, डा. सदानन्द कडेल र प्रा. भारती जोशी सदस्य रहेको समुहले समावेशिता र समसामयिक विषयगत, समावेशीता, समाहित शिक्षा, लैङ्गिक समानता, महिला शिक्षा, माध्यम भाषा, मूल्यमा आधारित शिक्षा, समुदाय परिचालन र जनजाति शिक्षाबारेमा अध्ययन गर्नेछ ।

बैठकले विषयगत समूहमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको पनि सहभागिता गराउने गरी अन्य सदस्यहरू थप गरी विषयगत समूहमा प्रतिवेदन तयार गर्ने गरी आवश्यक कार्य प्रकृया अगाडि बढाउने निर्णय गरेको सदस्यसचिव अर्यालले जानकारी दिए ।

Loading...