एमाले कर्मचारी संगठनका नेताले उपसचिवलार्इ कुट्नुका साथै मन्त्रालयमा गरे तोडफोड

काठमाडौ, २९ साउन । सरकारकाे नेतृत्वय गरिरहेकाे पार्टी नेकपा निकट कर्मचारी संगठनका एक नेताले सिंहदरवारमा अाइतबार ठूलाे हाेहल्ला मच्चिने गरी अातंक मच्चाएका छन् । नेकपामा मिसिएकाे एमाले पार्टीकाे कर्मचारी संगठनका उपाध्यक्ष जीवन भन्डारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गर्इ उपसचिवलार्इ कुटपिट गरेका हुन् । सिंहदरवारभित्रै यसरी दादागिरी देखाउने कर्मचारी नेतामाथि कारवाही गर्नुपर्ने अावाज उठेकाे छ ।

अाइतबार देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र उपसचिव कुटिनुका साथै मन्त्रालयसमेत ताेडफाेड भएपछि ठूलाे काेलाहल मच्चियाे । रेडियाे नेपालकाे नजिकै रहेकाे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्यमाथि एमाले कर्मचारी संगठनका उपाध्यक्ष जीवन भन्डारीले आफूले भनेको ठाउँमा सरुवा नगरेको अाराेप लगाउँदै मुक्का हान्न थाले । उनलार्इ मुक्का हानेर मात्र पुगेन । त्यसपछि उनी कुर्सीले समेत प्रहार गर्न थाले। त्यसपछि उनले कर्मचारीका नेता भण्डारीले झ्यालको सिसा, टेबुल र गमला समेत फुटाए । त्यसपछि मन्त्रालयका कर्मचारी भागाभाग गर्न थाले । कर्मचारीहरु कराउँदै भाग्न थालेपछि बल्ल प्रहरी पुग्याे । त्यसपछि मात्र घटना शान्त भयाे ।

स्राेतका अनुसार कर्मचारी नेता भण्डारीले सरुवामा अाफ्नाे भनेवमाेजिम मन्त्रालयले काम नगरेकाे अाराेप लगाउँदै कुटपिटमा उत्रिएका हुन् । उनी चाहन्थे उनले भने अनुसार नै शाखा अधिकृतहरुकाे सरुवा हुनुपर्थ्याे । तर, मन्त्रालयले अाफ्नाे अनुसार नै सरुवा गर्याे । त्यसपछि उनी शाखा अधिकृतको पोष्टिङ सच्याउन मन्त्रालयलाई दबाब दिँदै आएका थिए । त्यसमध्ये एक प्रमुख व्यक्ति थिए शाखा अधिकृत नेत्रराज गिरी । मन्त्रालयले गिरीलाई डोल्पा सरुवा गरेकाे थियाे । तर उनकाे माग भने डाेल्पा नभएर अाफूलार्इ जुम्ला पठाउनुपर्ने अडान लिँदै अाएका थिए । गिरीले त्याे कुरा कर्मचारी संगठनमा भने र त्यसपछि कर्मचारी नेता उनकाे पक्षमा अनेक धम्की दिँदै अन्तत उपसचिवमाथि कुटपिटमै उत्रिए । गिरीकाे सरुवा भइसके पनि अहिले सम्म सरुवाकाे पत्र नै बुझेका छैनन । उनले अाफूलार्इ कुनै पनि हालतमा जुम्ला सरुवा गर्नुपर्ने अडान लिँदै अाएका छन् ।

मन्त्रालयका अनुसार गिरीकाे सरुवा उनकै रुचीमै गरिएकाे हाे । तर, उनले सुरुमा डोल्पा जाने इच्छा देखाए । उनकाे इच्छा वमाेजिम नै डाेल्पा सरुवा गरियाे । तर, पछि उनले अाफ्नाे इच्छा फेरे । उनले अाफूलार्इ डाेल्पा नभर्इ जुम्ला जान इच्छा जागेकाे बताए । तर सरुवा भइसकेकाे व्यक्तिलार्इ फेरि बदल्न नसकिने मन्त्रालयले बतायाे । त्यसपछि गिरी एमाले कर्मचारी संगठनमा पुगेर दवाव दिन थाले । साेही क्रममा भण्डारी जाेडिए र उनले दवाव दिन थाले ।

मन्त्रालयमा अाइतबार भएकाे घटनाकाे मन्त्री लालबाबु पण्डितलाई तत्काल जानकारी दिइएकाे थियाे । उनले आरोपीलाई नियन्त्रणमा लिन आदेश दिए पनि उपसचिव कुटेर मन्त्रालयमा ताेडफाेड समेत गर्ने अाचार्य भने अारामले सिंहदरवारबाट बाहिर निस्किए । घटनाबारे आवश्यक छानबीन गरी दोषीमाथि कारवाही गर्ने मन्त्रालयले जनाएको छ ।

कुटाइ खाने उपसचिव आचार्यले अाफूले भण्डारीलार्इ ‘सबै भनेजस्तो अनुकूल कहाँ हुन्छ र’ भन्ने बित्तिकै उनी अाक्रमणमा उत्रिएकाे बताए । उनले यसरी अाफूमाथि अाक्रमण गर्ने र मन्त्रालयमा ताेडफाेडसमेत गर्नेमाथि कुनै कारवाही नभएकाे देख्दा अाश्चर्य व्यक्त गरे ।

Loading...