शुक्रबार र शनिवार ठूलो पानी पर्ने मौसम विभागको भनार्इ

काठमाडौँ, २५ साउन । बुधबार र बिहिबार मौसममा केहि सुधार आएपनि शुक्रबार सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । २ दिन सफा भएको मौसममा शुक्रबारदेखि भने फेरि बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको हो ।

शुक्रबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएको र राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहिबार काठमाडौँ उपत्यका सहित देशभरको मौसममा केही सुधार आएको थियो ।

Loading...