दिउसै लुटेराहरुले लुटे मनिट्रान्सफर केन्द्रको २५ लाख रकम

सिराहा, २५ साउन । सिराहामा दिउसै ठूलाे रकम लुटपाट भएकाे छ । सिरहाको मिर्चैया–कल्यानपुर सडक खण्डको तिनगछिया नजिकै यस्ताे लुटपाट भएको हाे ।

अज्ञात समूहले बिहीबार मध्यान्ह १२ बजेतिर तिनगछिया नजिक मनिट्रान्सफर सञ्चालक राजाराम साहको २५ लाख ६० हजार रुपैयाँ लुटेर भागेको प्रहरीले जनाएको छ। ग्लोबल आईएमई बैंकबाट पैसा झिकेर मनिट्रान्सफरमा लिएर जाँदै गर्दा साह लुटिएको मिर्चैयाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहले जानकारी दिएका छन्। साहले कल्याणपुर नगरपालिकास्थित कल्याणपुर बजारमा राजाराम सब मनिट्रान्सफर सञ्चलान गर्दै आएका छन् ।

दुई वटा मोटरसाइकलमा आएका चार जना नकाबधारी लुटेराको समूह मिर्चैया–कल्यानपुर सडकखण्डको तिनगछिया नजिकबाट रकम लुटेर भागेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...