प्रचण्डको घर ४ घण्टादेखि महिलाहरुको घेराबन्दीमा

काठमाडौँ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको घर महिलाहरुले घेराबन्दी गरेका छन् । बिहीबार दिउसो ३ बजेदेखि साझ ७ बजेसम्म उनको खुमलटारस्थित निवास महिलाहरुको घेराबन्दीमा रहेको छ ।

ललितपुरकाे खुमलटारस्थित प्रचण्ड निवास आफुहरुले दिउसोदेखि घेरा हालेर बसेको बिजया बुढाले बताइन् । बुढा पुराना कम्युनिस्ट नेता बर्मान बुढाकी छाेरी हुन् । उनी सहिद परिवार पनि हुन । विजया बुढाका श्रीमान खड्गबहादुर बुढालाई सेनाले भैरवनाथ गणमा हत्या गरेकाे थियाे ।

बिजयाको घर जनयुद्दकालमै धराैटीमा राखेर प्रचण्डकाे नाममा पार्टीकाे कामका लागि भन्दै पैसा निकालिएको थियो । प्रचण्डले उक्त पैसा समयमै फिर्ता नगर्दा बुढाको घर लिलाम भएपछि महिलाहरुले प्रचण्ड निवास घेराउ गरेका हुन्  ।

प्रचण्डलाई जनयुद्धकालमा पैसा चाहिदा घर धितो राख्ने तर अहिले आफ्नै कार्यकर्ताको घर लिलाम भएर बिचल्ली हुदा समेत वास्ता नगरेपछि आफुहरु बाध्य भएर उनको घर नै घेराउ गर्न पुगेको पिडित बुढाले टेलीफोन मार्फत बताइन ।

ललितपुरको कुसुन्तीमा रहेकाे विजयाकाे घर जनयुद्ध कालमा गाेप्य वार्ताका लागि प्रयाेग हुने गर्दथ्यो । बैंकले घर लिलाम गरेपछि बिजयाको पुरै विचल्लीमा परेको छ । 

बिजयासंगै स्थानीय माहिलाहरुको समुहले प्रचण्ड निवास घेराउ गरेको खबर पाउँदापाउँदै पनि दिनभर निवास नफर्केका प्रचण्ड साझ साढे ७ बजे भने फर्केका छन्  ।  

Loading...