अाइसिसीकाे टी–२० वरीयतामा नेपालका चार खेलाडी

पारस ८९, शरद ९८औँ स्थानमा, वसन्त ७१ अाै र साेमपाल ९२ अाै स्थानमा

काठमाडौं । आइसिसीले सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका चार खेलाडी शीर्ष सयभित्र पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष सयभित्र पर्न सफल भए 

नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का ब्याटिङतर्फ टी–२० वरीयताको ८९औँ स्थानमा रहन सफल भए । कप्तान खड्का २ सय ६५ अंकसहित ८९औँ स्थानमा आफूलाई राख्न सफल भएका हुन् । त्यस्तै, राष्ट्रिय टिमका अर्का ब्याट्सम्यान शरद भेषवाकर ९८औँ स्थानमा रहे । उनी २ सय ३८ अंकसहित ९८औँ स्थानमा रहन सफल भए ।

त्यस्तै, टी–२० वरीयताको बलरतर्फ सोमपाल कामी र वसन्त रेग्मी आफूलाई शीर्ष सयमा पार्न सफल भए । टी–२० बलरको वरीयतामा ३ सय ९७ अंकसहित वसन्त ७१औँ तथा ३ सय ३८ अंकसहित सोमपाल ९२औँ स्थानमा छन् । नेपालका स्टार बलर सन्दीप लामिछाने भने वरीयताको शीर्ष सयमा अटाउन असफल भए ।

फिन्च शीर्ष स्थानमा

आइसिसीले सार्वजनिक गरेको वरीयतामा अस्ट्रेलियाका स्टार ब्याट्सम्यान एरोन फिन्च शीर्ष स्थानमा रहन सफल भए । उनको ८ सय ९१ अंकरहेको छ । उनलाई पाकिस्तानी ब्याट्सम्यान फखर जमानले पछ्याइरहेका छन् । जमान ८ सय ४२ अंकसहित दोस्रो स्थानमा छन् । टी–२० वरीयतामा अफगानिस्तानका लेगस्पिनर रसिद खान शीर्ष स्थानमा छन् ।

Loading...