कक्राेचबाट यतिसम्म खतरा

साङ्लाले मच्छड, झिंगा, जुम्रा, भुसुनाले जत्तिकै मानव रोग सार्छ ?

विश्व स्वास्थ्य संगठनको एक स्वास्थ्य रिपोर्टका अनुसार साङ्लाले अरू किराहरू जस्तै मच्छड, झिंगा, जुम्रा, भुसुना जत्तिकै रोग नसारे पनि यसले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पारिरहेको छ । विशेषगरी यसको प्रभाव फहोरमैला, दुषित खाद्य पदार्थमा रहने रिपोर्टमा उल्लेख छ । साङ्ला मानव मलमुत्रमा भर पर्छ ।

साङ्लाले जीवमा जीवाणु सार्नुका साथै संक्रमण पनि फैलाउन भूमिका खेल्छ । तर विश्वस्वास्थ्य संगठनले सन् २००८ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार साङ्लाले मानव रोग सार्ने अथवा फैलाउने कुनै ठोस प्रमाण फेला नपरेको जनाइएको छ ।

साङ्लाले व्याक्टेरिया, फन्जाइस्, र केहि भाइरसहरू एकबाट अर्कोमा सारे पनि झाडापखाला र पोलियो जस्ता रोगका जीवाणुहरू भने सार्दैन ।

तर, साङ्लाका कारण हुने एलर्जिबाट दमको रोग लाग्ने र त्यसले मानव स्वास्थ्यमा समस्या निम्त्याउने रिपाेर्टमा भनिएकाे छ ।

सन् २००५ मा अमेरिकामा गरिएको एक अध्यनमा अमेरिकी सहरी क्षेत्रका बालबालिकामा साङ्लाको एलर्जिबाट हुने दमको खतरा अरू जनवार कुकुर र बिरालोका भन्दा धेरै पाइएकाे थियाे ।

Loading...