राजधानीको जमलबाट १२ लाख ७० हजार भारुसहित दुर्इ पक्राउ

काठमाडौं, २२ साउन । राजधानीकाे जमलबाट ठूलाे परिणाममा भारतीय नाेट प्रहरीले बरामद गरेकाे छ । प्रहरीले १२ लाख ७० हजार बराबर प्रतिबन्धित भारु रुपैयाँसहित दुई जनालार्इ पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ललार्इ भारुसहित पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले जानकारी दिएका छन् ।

Loading...