राजधानीमा फेरि अर्का बालकको अपहरण, अपहरणकारीले मागे करोडौ फिरौती

काठमाडौं, २२ साउन । काठमाडाैंकाे काँडाघारीबाट एक बालक अपहरणमा परेका छन् । अाइतबार साँझ अपहरणमा परेका बालकका अभिभावकलार्इ अपहरणकारीले कराेडाैकाे फिराैती माग गरेकाे पनि खुलेकाे छ ।

काँडाघारीकी चमेली खड्काका ११ वर्ष वर्षीय छाेरा निशान खड्का अपहरणमा परेका हुन् । निशान अाइतबार साँझ एकाएक हराएपछि उनका अभिभावकले खाेजी गर्दै प्रहरीमा जानकारी गराएकाे बुझिएकाे छ । खाेजि गर्दै जाँदा साेमवार बिहान मात्र उनी अपहरणमा परेकाे खुलेकाे हाे । अपहरणकारीले अभिभावकलार्इ फाेन गरेर फिराैती रकमकाे माग गरेकाे बताइएकाे छ ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

प्रहरीले घटनाकाे अनुसन्धान चलिरहकाले यसबारे थप केही बोल्न नमिल्ने जनाएकाे छ ।

Loading...