५ देशका ५२ प्रतिस्पर्धीलाई पछि पार्दै नेपालकी घिमिरेले भारतमा जितिन् उपाधी

भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन् ।

गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकी साइब्या घिमिरेले उपाधी जित्न सफल भएकी हुन् । पाँच देशबाट सहभागी भएका ५२ जना प्रतिस्पर्धीबीचलार्इ उछिन्दै नेपालकी साइब्या घिमिरे विजेता बन्न सफल भएकि हुन् । त्यसैगरी यसै प्रतिस्पर्धामा नेपालकै अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार श्रेष्ठ सेकेन्ड रनर अप भए । त्यसैगरी लिटिल विधातर्फ नै नेपाली प्रतिस्पर्धी नमन मित्तलले बेस्ट फोटोजेनिक टाइटल जिते ।

एकैसाथ सम्पन्न दुर्इवटा इभेन्टमा पाँच जना नेपाली प्रतिस्पर्धीले उपाधीका साथमा अन्य विधामा पनि टाइटल हात पारेका हुन् । टिन एस्थेटिक्स किड्स फेसन रनवेमा भने नेपाली प्रतिस्पर्धी प्रेजु कायस्थ दोश्रो भइन् । त्यसैगरी नेपालका तर्फबाट प्रतिस्पर्धामा भाग लिएकी महिमा बज्राचार्यले यस विधामा ट्यालेन्टेड पर्सनालिटिज हुन सफल भइन् ।

गत वैशाखमा रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा काठमाडौंमा सम्पन्न लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र टिन प्रिन्सेज डिभाका विजयी प्रतियोगीहरुले भारतमा किड्स फेसन रनवे प्रतिस्पर्धामा भाग लिएका हुन् । नेपालबाट विजयी प्रतियोगीको हैसियतले पाँच जना प्रतिस्पर्धीलाई रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले भारतमा यस प्रतियोगितामा सहभागिताको लागि लगेको थियाे । नेपालबाट प्रतिस्पर्धामा भाग लिएका पाँचै जना प्रतिस्पर्धी कोही खालि हात भएनन् ।

भारतमा सम्पन्न प्रतियोगीतामा पनि नेपाली प्रतिस्पर्धीहरुका लागी नेपालका ईन्टरनेशनल कोरीयोग्राफर साथै रेडियन्ट ईभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर राज फैजुले कोरीयोग्राफी गरेका थिए भने प्रतिस्पर्धीहरुको ड्रेस डिजाइन श्रीषा बैदार फैजुले गरेकी थिइन । यस किसिमका प्रतियोगीताहरुले मिस वल्र्ड जस्ता प्रतियोगिताको लागि समेत आधार बनाउँदै जाने इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले बताए ।

हालसम्म नेपालका ब्यूटी पेजेन्टका विजेताहरु सिधै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाउन जाने भइरहेको उनले बताए । अब ससाना भाईबहिनीहरुले पनि यसरी अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन जाने वातावरण बनेको उनकाे भनाइ छ । अन्तर्राष्ट्रिय प्रतियोगीता समेत जितेर नेपालले भविष्यमा मिस वल्र्डको उपाधी पनि जित्न सक्छ भन्ने प्रमाणित भएको फैजुको भनाई छ । 
प्रतियोगीतामा नेपाल र भारतका साथै दुबई, सिंगापुर र मलेसियाबाट समेत जम्मा ५२ जना प्रतिस्पर्धीहरुको सहभागीता रहेको थियो ।

Loading...