बाल गीति संग्रह ” नन्दिता गुनगुन ” लोकार्पण

नयाँ एकल बाल गीति संग्रह ” नन्दिता गुनगुन ” म्युजिक भिडियो लोकार्पण भएको छ । नन्दिता राज बैद्य ब्वारा स्वरबद्द एल्बम ”नन्दिता गुनगुन” मा पाच वटा गित रहेका छन् । सानै उमेर देखि वरिष्ट शास्त्रीय गायन गुरु श्री गुदेव कामत र विष्णु आचार्य तथा उत्तम थापा मगर बाट गायन शिक्षा लिदै आएकी नन्दिताले इलाहाबाद संगीत महाविद्यालय भारत बाट सन् २०१७ को परिक्षामा प्रथम वर्षको सास्त्रीय गायेन उतिर्ण गरि हाल दिर्तीय वर्षमा अध्यन गरिरहेकी छिन । साथै नेपाल संगीत विद्यालय पिङ्गला स्थानमा बिगत ६ वर्ष देखि वाल नृत्य निर्देशक भुवन दास श्रेष्ठ बाट लोक नृत्य सिकेकी नन्दिता कुशल नृत्याङ्गाना को रुपमा समेत चिनिएको चिनिएकी छन् ।
वांगमय शताव्दी पुरुष सत्यमोहन जोशी द्वारा शनिबार लोकार्पण भएको यसै एल्बम भित्रको ” पुतलीको नाना ” म्युजिक भिडियो प्रदिपमानले निर्देशन गर्नुभएको थियो । गीतकार गणेश अपार ,चतुर्भुज केवरत ,गुरुदेव कामत र संगीतमा गुरुदेव कामत ,उत्तम थापा मगरको रहेको छ ।
बालकलाकार नन्दिता हाल प्रिमियर इन्टरनेशनल आइ बि वल्ड स्कुल कक्षा ६ मा अध्यनरत छिन् ।

Loading...