६० वर्षसम्म पनि बनेन कान्ति लोकपथ, प्रतिवर्ष समय थपेर बजेट बढाउँदै

काठमाडौं, १८ साउन । नेपालमा कुनै विकासका अायाेजना कतिवर्षसम्म चल्छन ? सामान्यतया दिइएकाे समयभन्दा एक दुर्इ वर्ष बढी वा बढीमा दाेब्बरसम्म । तर, अहिलेसम्मकै लामाे अायाेजना बनेकाे छ हेटाैडा काठमाडाै जाेड्ने कान्तिलाेकपथ । याे अायाेजना बन्न सुरु गरेकाे ६० वर्ष पुगिसकेकाे छ । तर अझै पनि न त याे मार्ग पूरा भएकाे छ न त म्याद थप्न राेकिएकाे छ । यस वर्ष पनि अझै १ वर्ष म्याद थप्न भन्दै सडक विभागमा प्रस्ताव गएकाे छ ।

तोकिएको समयमा काम नसकिएकाे भन्दै याे सडककाे १ वर्ष म्याद थप्न माग भएकाे छ । उक्त अायोजनाका इन्जिनियर नरेन्द्र भट्टले ‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पु¥याइएको र केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको दावी गरेका छन् ।

आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उनले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर (हेटौडा)मा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको स्वीकार गरे । छोटो दुरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गको रुपमा विशेष प्राथमिकतामा दिँदै आएको छ ।

स्थानीय बासिन्दाले भने म्याद थपिए पनि अझै सडक निर्माण कार्य पूरा हुनेमा आशंका गरेका छन् । उनीहरू भन्छन् –सुख्खा पहिरो, कडा चट्टानी भू–बनोट, अहिलेको ठूल्ठूलो पहिरो जस्ता समस्याले यस्तो शंका उव्जाएका हो ।’

तीनपाने भञ्ज्याङदेखि झाँक्री डाँडा हुँदै भट्टेडाँडासम्म सुख्खा पहिरो खसिरहँदा काम प्रभावित भैरहेको छ भने भट्टेडाँडादेखि करिब ७ किमि खण्डमा कडा चट्टान फुटाउन नसकिँदा अहिले पनि सिङगल लेनमा सवारी साधन गुडाउनुपरेको छ । उक्त खण्डमा रहेको कडा चट्टानको भाग फुटाउन ५ मेट्रिक टन बिस्फोटक पदार्थ चाहिने बताइन्छ ।

कुल ९० किमि सडक खण्ड योजनाको भनिए पनि योजनाले ललितपुरको टिकाभैरब पुलदेखि मकवानपुर खण्डको बुद्धचोकसम्म ७९ किमि सडक विस्तार गर्नुपर्दछ । त्यसमध्ये २० किमि कालोपत्रे भएको योजनाले जनाएको छ । साँढे १७ किमि मकवानपुर र साँढे २ किमि ललितपुर खण्डमा कालोपत्रे भएको छ । ६० किमि सडक खण्ड कालोपत्रे गर्ने तयारीमा रहेको इन्जिनियर भट्टले बताए ।

सरकारले यस योजनाका लागि चालु आर्थिक वर्षमा ६० करोड बजेट छुट्याएको छ । विस २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१÷७२ देखि बहुबर्षिय ठेक्का लगाइएको थियो । बहुबर्षिय ठेक्का सुरु भएदेखि यस सडक खण्डमा अहिलेसम्म १ अर्ब ३४ करोड ७६ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

Loading...