मुग्लिन नारायणगढ सडकखण्ड पहिरोले बन्द

चितवन । पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको दुई ठाउँमा पहरिो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ ।

यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चलन गरिएको छ ।

Loading...