मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आउँदै आज

काठमाडाैं । मंगलग्रह १५ वर्षपछि मंगलबार राति पृथ्वीको सबैभन्दा नजिकको आउँदैछ । मौसम सफा रहे मध्यरातअघि आकाशमा चन्द्रमापछि सबैभन्दा चम्किलो बस्तुको रुपमा मंगलग्रह देखिनेछ।

अहिले उदाइसकेको मंगलग्रह बिहान ४ बजेर ५६ मिनेटमा अस्ताउने छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा यो ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको नजिक आउने गर्छ।

‘२००३ अगस्टपछि मंगलबार राति नजिक आउन लागेको हो’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘नाङ्गो आँखैले देख्न सकिने यो ग्रह आज चन्द्रमापछि आकाशमा देखिने अर्को चम्किलो बस्तु हो।’ यसपछि सन् २०२० अक्टोबर ६ मा मंगलग्रह सबैभन्दा नजिक आउने छ।

मंगलाबार राति मंगलग्रह पृथ्वीबाट ५ करोड ६७ लाख किमी पर रहेको छ। सन् २००३ मा ६० हजार वर्षपछि मंगल पृथ्वीको सबैभन्दा नजिक आएको थियो। त्यस समयमा सो ग्रह ४ करोड ४६ लाख किमी नजिक आएको थियो। पृथ्वीले जस्तो मंगलले पनि सूर्यलाई आफ्नो कक्षमा अण्डाकारमा परिक्रममा गर्छ। पृथ्वीलाई सूर्यको परिक्रमा गर्न ३ सय ६५ दिन लागेजस्तो मंगलले भने ६ सय ६९ दिन लगाउने गर्छ। ‘मंगलग्रहका केही पठाउनु परेमा पृथ्वीको नजिकै आउने समयमा हो’ भट्टराईले भने।

मंगलग्रहसम्बन्धी मिसन सञ्चालन गर्ने यो ग्रह पृथ्वीबाट नजिक आउँदा गर्ने गर्छ। पछिल्लो समयमा अन्तरिक्ष विज्ञानको क्षेत्रमा काम गर्ने प्रमुख शक्ति राष्ट्रहरुबीच मंगलग्रह जाने विषषमा प्रतिस्पर्धा रहेको छ। जसले गर्दा मंगलग्रहको बारेमा संसारभर चासो हुन्छ। जसका लागि विभिन्न देशहरुले अन्तरिक्ष केन्द्रमा आफ्नो लामो समय बस्दा अन्तरिक्ष यात्रीहरुलाई पर्न सक्ने प्रभावको बारेमा अध्ययन गर्दै आएका छन्।

मगलग्रहमा जीवन हुनसक्ने बताउँदै आएका छन्। पछिल्लोमा समयमा मंगलग्रहको दक्षिण ध्रुवमा नुनिलो पानी रहेको पत्तामा रहेको छ।

Loading...