बार्सिलोना र रियल मड्रिड इन्टरनेसनल च्याम्पियन्स कपको सुरुमै पराजित

काठमाडौं । स्पेनका दुर्इ चर्चित क्लब बार्सिलाेना र रियल मड्रिड इन्टरनेसनल च्याम्पियन्स कप फुटबल प्रतियोगितामा पराजित भएका छन् । याे प्रि-सिजनको महत्वपूर्ण प्रतियाेगिता मानिन्छ । जसमा बलिया मानिएका दुबै टाेली पराजित भएका छन्।

अमेरिकाको टेक्सास राज्यमास्थित एटी एन्ड एटी स्टेडियममा बुधबार बिहान भएको स्पेनिस बार्सिलोना रोमको एएस रोमासँग ४-२ गोल अन्तरले पराजित भएको हो। रोमाको जितमा स्टेफन इल सिराय, अलेसान्द्रो फ्लोरेन्जी, ब्रायन क्रिसटान्टे तथा डिएगो पेरोटीले एक–एक गोल गरेका थिए।

बार्सिलोनाका लागि नयाँ ब्राजिलियन खेलाडी माल्कोम र राफिन्हाले २ सान्त्वना गोल फर्काए पनि हार भने टार्न सकेनन् । रोमाविरुद्ध माल्कोमको डेब्यु गोल थियो । उनी हालै बार्सामा फ्रान्सको बोर्डिअक्स क्लबबाट अनुबन्ध भएका थिए । प्रि-सिजनका खेलहरूमा बार्साका पहिलो रोजाइका खेलाडीहरू भने उपस्थित छैनन्।

प्रतियोगिताकै अर्को खेलमा रियल मड्रिड बलियो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २-१ ले पराजित भएको छ । म्यानचेस्टर युनाइटेको जितका लागि एलेक्सिस सान्सेज तथा एन्डर हेरेराले एक–एक गोल गर्दा मड्रिडका लागि करिम बेन्जेमाले एक गोल फर्काए।

Loading...