फैसला कार्यान्वयनको माग गर्दै सडक विस्तार पीडित पुनः आन्दोलित

   

श्रावण १५ ,काठमाडौँ । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले सर्वोच्च अदालतले सडक विस्तार सम्बन्धी गरेको फैसला कर्यान्वयेन नगरी बेवास्ता गरेको भन्दै सरकारलाई दबाबदिन संघर्षका कार्यक्रम सार्वोजनिक गरेको छ ।

गएको असार १२ गते सर्वोच्च अदालतले  सडक बिस्तार पिडित विभिन्न संघर्ष समितिले दएर गरेको रितको पक्षमा फैसला गरि पूर्णपाठ समेत जारि गरेको थियो । फैसलाको कर्यान्व्येन नभएको भन्दै सोमवार पत्रकार सम्मेलन गरि चरवद्द संघर्षका कार्येक्रम घोषणा गरेको छ । धोषित कार्यक्रम अनुशार श्रावणको २८ गते भित्र उपत्येका भित्रका १८ वटा नगरपालिका प्रमुखलाइ सर्वोच्च अदालले गरेका फैसलाको प्रतिलिपिलि सहित सो बिषयमा ध्यानाकर्षण गराउने , त्सैगरी ३ नम्बर प्रदेशका मुख्य मुख्यमन्त्री तथा सांसद समक्ष सो बिषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

येसैगरि उपत्यका विकास प्राधिकरण, पुरातत्व विभाग, गुथि संस्थान र अन्य संघसंस्थाहरुमा पनि सो बिषयमा ध्यानाकर्षण पत्र हस्तान्तरण कार्येक्रम रहेको बताएको छ ।

संघर्ष कायेक्रमको सुरुवात गर्दै श्रावण २९ गते ललितपुर सडक बिस्तारको क्रममा जबरजस्ती संरचना भत्किएका ललितपुर वटुक भैरवमा त्यस घटाना प्रति राज्यबाट भएको गलती को संज्ञा दिदै क्षमापूजा गरिने तय गरेको छ । साथै धार्मिक तथा सम्पदा क्षेत्रमा समेत सडक विस्तारको नाउमा जबर्जस्ति अतिक्रमण गर्ने कार्य भएको कारण हिन्दू र बौद्ध धर्मावलम्बी संघ सस्था र आस्था सम्बद्द संग संयुक्तरुपमा विभिन्न दबाबमूलक कार्येक्रम गर्दै जाने घोषणा गरेकाे छ ।

यो सम्बन्धित अगाडिको समाचार – लिंक क्लिक गर्नुहोला https://nonstopkhabar.com/?p=13025

भिडियोको लागि तल क्लिक गर्नुहोला –

उपत्यकाब्यापी सतक विस्तार पीडित संघर्ष समितिं दबाबमूलक ज्याझ्वः यायेगु घोषणा

फैसला बेवास्ता याःगु धासें उपत्यकाब्यापी सतक विस्तार पीडित संघर्ष समितिं दबाबमूलक ज्याझ्वः यायेगु घोषणा

Posted by झीगु स: मंका स: on Monday, 30 July 2018

Loading...