त्रिपक्षीय टीट्वान्टी श्रृङ्खलामा नेपाल ९ विकेटले विजयी

काठमाडौं, १४ साउन । बेलायतको लर्डस् क्रिकेट मैदानमा जारी त्रिपक्षीय टीट्वान्टी श्रृंखलामा नेपालले बेलायतको एमसीसी क्लबलाई ९ विकेटले हराएको छ । एमसिसीले दिएको ४१ रनको लक्ष्य नेपालले ४ ओभर ४ बलमा पूरा गरेकाे हाे ।

पानी परेपछि खेल ६ ओभरमा छोट्याइएको थियो । नेपालका लागि नटआउट रहेका सुवास खकुरेलले १६ र ज्ञानेन्द्र मल्लले १२ रन बनाए । अनिल शाह ९ रनमा आउट भए । एमसीसीले ६ ओभर खेल्दै ४ विकेट गुमाएर ४० रन बनाएको थियो । एमसीसीका लागि कप्तान माहेला जयवर्धनेले सर्वाधिक २४ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले २ र शक्ति गौचनले १ विकेट लिए भने एमसीसीका जोनाथन ट्रोट रन आउट भए । नेपालले केही बेरमा नेदरल्याण्ड्ससँग खेल्दै छ ।

Loading...