सडक विभागका इन्जिनिर ३६ लाख घुस र श्रीमतीसँगै पक्राउ

रुपन्देही, १२ साउन । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो। सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन्।

यस्तै, घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी छन्। अख्तियार बुटवलको समन्वयमा श्रीमतीलाई हैटौंडाबाट खटिएको अख्तियारको टोलीले मनहरिबाट पक्राउ गरेको हो।

घुस लिएको ३६ लाखमध्ये केही नगद बरामद भएको र केही पैसा बैंकमा जम्मा भइसकेको थियो। बैंकमा जम्मा भएको भौचरहरु समेत आयोगले बरामद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा प्रमुख दिनेश आचार्यले जानकारी दिए।

अख्तियारको बुटवलस्थित कार्यालयले टोली सिमलटारी प्यूठान सडक आयोजनाका सब इन्जिनियर प्रकाश झालाई गुल्मीको तम्घासबाट एक लाख रुपैयाँ घुससहित तम्घासबाट प्रकाउ गरिएको प्रमुख आचार्यले बताए।

प्रकाउ परेका सबै तीनै जना अख्तियारको नियन्त्रणमा रहेका छन्।

Loading...