नेकपाका पोलिटब्यूरो सदस्य कार्की र धमलालाई पक्राउ गरी वेपत्ता पारियो

काठमाडौं, १२ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । त्यसपछि उनीहरुलाई कहाँ लगियो भन्ने कुनै जानकारी दिइएको छैन । प्रहरीले दुबै नेताका घरपरिवारका सदस्यलाई समेत कुनै जानकारी दिएको छैन ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंले उनीहरुलाई पक्राउ नगरेको बताएको छ । तर, प्रहरीका केही अधिकारीले भने नाम नभन्ने शर्तमा उनीहरु दुबै जनालाई काठमाडौंको बालाजु गोलढुंगा प्रहरी चौकीमा राखिएको जानकारी दिएका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टीले कार्की र धमलालाई तत्काल रिहा गर्न माग गरेको छ । प्रहरीले उनीहरुलाई विना कारण पक्राउ गरी वेपत्ता बनाइएको भन्दै त्यसप्रति नेकपाले आपत्ती समेत जनाएको छ ।

त्यसैगरी नेता कार्की र धमलाका परिवारले उनीहरुलार्इ खाेजि गरिदिन मानव अधिकार अायाेगसहितका अधिकारकर्मी, पत्रकार र नागरिक समाजलार्इ अाग्रह गरेका छन् । 

Loading...