भरतपुरकी मेयर रेणु दाहालले अटो चालकसँग गरिन यस्तो पाँचबुँदे सहमति

काठमाडौं ।

भरतपुरमा आन्दोलनरत अटो तथा रिक्सा चालक र महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ ।

महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि चालक मजदुरहरु आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ ।

भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा बुधबार प्रहरीसँग झडप समेत भएको थियो । सोहि क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली  चलाएको थियो । प्रहरीको गोली लागेर एक जना अटो चालक घाइते छन् ।

साँझ भएको वार्तामा गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगर र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ ।

सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् । वारपार गर्ने १८ वटा बिन्दु बाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको हो ।

सहमतिसागै अटो तथा रिक्सा चालकहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् । महानगरकी मेयर रेणु दाहालका अनुसार सहमतिलाई कार्यान्वयन गर्न उपमेयर पार्वती शाहको संयोजकत्वमा समिति गठन गरिएको  छ।

२०७५ साउन १० मा प्रकाशित ।

Loading...