सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि खोसियो कानुनमन्त्री तामाङको मन्त्रीपद

काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङकाे मन्त्रीपद खाेसिएकाे छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कारण विवादमा अाएपछि तामाङकाे पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सोमबार बसेको बैठकमा तामाङलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियाे ।

प्रधानमन्त्री केपी शर्मा अाेलीले नै तामाङलार्इ पदबाट राजिनामा दिन जानकारी गराएकाे बताइएकाे छ । प्रम अाेलीले नेकपाका अन्य नेताहरूसँग छलफल गरी साेमबार राति राजिनामा दिन निर्देशन दिएकाे बताइएकाे छ । साेमबार राति बालुवाटारमा डा.गाेविन्द केसीका मागबारे छलफल गर्न नेकपाका शीर्ष नेताकाे बैठक बसेकाे थियाे। बैठकले कानुनमन्त्रीकाे अभिव्यक्तिले नेपाल-बंगलादेश सम्बन्धमा नकारात्मक असर पुर्याएकाे, सरकार र पार्टीकाे छवि धुमिल बनाएकाे निष्कर्ष निकाल्दै राजीनामा दिन निर्देशन दिएकाे बताइएकाे छ । पार्टीकै महिला नेतृहरूले समेत मन्त्रीकाे अभिव्यक्तिप्रति अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहाललार्इ सम्पर्क गरी अापत्ति जनाएका थिए।

नेपालमा थप मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई जबर्जस्ती पुष्टि गर्न मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य रहेकाे सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले चिकित्सा शिक्षा अध्ययनका लागि नेपालमा मेडिकल कलेज थाेरै भएकाले सिट नपाइने र बंगलादेश जाने चेलीले शरीर सुम्पिएपछि मात्र सर्टिफिकेट पाउने स्थिति रहेकाे उल्लेख गरेका थिए।

राजधानीकाे चाबहिलमा रहेकाे एक विद्यालयकाे कार्यक्रममा बाेल्दै मन्त्री तामाङले भनेका थिए, ‘बंगलादेशमा हाम्रा छोरी/चेलीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनको लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। …मैले सुनेको छु उनीहरुले त्यहाँ आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन ।’

बंगलादेशबाट चिकित्सक शिक्षा अध्ययन गरेका नेपाली महिला चिकित्सक र सर्वसाधारणले सरकारका जिम्मेवार मन्त्रीको साे अभिव्यक्ति खेदपूर्ण रहेको भन्दै राजीनामा माग गरेका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले समेत कानुनमन्त्रीकेा अभिव्यक्तिकाे अालाेचना गर्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए। नागरिक समाजका केही अगुवाले मन्त्री तामाङको भनार्इ उल्लेख गरी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालार्इ इमेल लेख्दै जवाफ माग गर्न थालेपछि दुर्इ देशबीचकाे सम्बन्धमै नराम्राे असर पर्ने स्थिति पैदा भएकाे थियाे।

तामाङले आजै पत्रकार सम्मेलन गरेर राजीनामा दिएको जानकारी गराउने बताइएकाे छ । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनुपर्ने गरेको दाबी गरेका थिए । उनकाे याे अभिव्यक्तिकाे सर्वत्र आलोचना भएको थियाे ।

अाफ्नाे अभिव्यक्ति निकै विवादमा अाएपछि उनले विज्ञप्ति जारी गर्दै माफी पनि मागेका थिए । जसमा उनले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै अाफ्नाे बचाउ पनि गरेका थिए ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानुनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए । बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।

‘सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भयो । तपाईले राजीनामा दिनुस् भनेका छौं’ नेकपाएका एक शीर्ष नेताले अनलाइनखबरलाई बताए । मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ ।

 

Loading...