आप्रवासी भन्दै आलोचना बढी गरिएपछि ओजिलले गरे जर्मन टिमबाट नखेल्ने घोषणा

काठमाडौं । अर्काे देशबाट जर्मन अाएर खेलेका कारण राम्राे प्रदर्शन नगरेकाे भन्दै निरन्तर अालाेचना हुन थालेपछि जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अबदेखि जर्मनीकाे राष्ट्रिय टिमबाट फूटबल नखेल्ने घाेषणा गरेका छन् । अाेजिलले आइतबार बेलुकी अाफ्नाे टि्वटर पाेष्ट गर्दै साे घाेषणा गरेका हुन् ।

तीन पेज लामो मर्मस्पर्शी वक्तव्य दिँदै २९ वर्षीय अाेजिलले जर्मन फुटबल एसोसिएसन (डिएफबी)का अध्यक्ष रेनहार्ड गि्रन्डेलको व्यवहारले आफूलाई निकै दुःखी बनाएको बताएका छन् । सन् २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले जर्मनीको लागि खेलेको ९२ अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन् भने अन्य ४० गोलको लागि सहयोग गरेका छन् ।

सन् २०१४ को विश्वकप विजेता जर्मन टिमको मुख्य खेलाडी रहेका ओजिललाई शान्त स्वभावका फुटबल खेलाडी मानिन्छ। उनले पाँचपटक ‘जर्मन प्लेयर अफ दि इयर’को अवार्डसमेत प्राप्त गरेका छन् ।

तर, रसिया विश्वकपमा जर्मनीले निराशाजनक प्रदर्शन गर्दै समूहचरणबाटै बाहिरिएपछि उनको प्रदर्शनलाई लिएर धेरैले आलोचना गरेका थिए ।

विश्वकपमा खराब प्रर्दशनसंगै धेरै जर्मन समर्थकले उनी टर्किस मुलको भएकाले जर्मनीको राष्ट्रिय टिमप्रति बफादार नभएको आरोपसमेत लगाए ।

गत मेमा उनले टर्कीका राष्ट्रपति रिसेप एर्दोगानसँग तस्वीर खिचाएको विषयलाई जोडेर समेत ओजिलको आलोचना भएको थियो । तस्वीर सार्वजनिक भएसँगै सञ्चारमाध्यमले उनलाई जर्मनीको प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गएको भन्दै प्रश्न गरेका थिए ।

लण्डनमा भएको एक कार्यक्रममा ओजिल र जर्मन टिमका अर्का खेलाडी इल्काए गुन्डोगानले टर्कीका राष्ट्रपतिसँग तस्वीर खिचाएका थिए । ओजिल र गुन्डोगान दुवै टर्कीस मूलका जर्मन खेलाडी हुन् ।

विज्ञप्तिमा ओजिलले उक्त तस्वीर आफ्नो पुर्खाहरुको सम्मानमा मात्रै खिचाएको र व्यक्तिगत रुपमा एर्दोगानको समर्थनमा वा राजनीतिक रुपले प्रेरित भएर नखिचाएको प्रष्टिकरण दिएका छन् ।

उनले आफूमात्रै नभएर परिवारका सदस्यहरुलाई पनि विभिन्न खालका धम्की र अपमानपूर्ण सन्देश आएको बताउँदै जर्मनीको राष्ट्रिय टिमबाट खेल्ने मन नै नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Loading...