नेपाल-भारत सम्बन्धका बिषयमा टोकियोमा अन्तर्कृया कार्यक्रमको आयोजना गरिदै

नेपाल भारत सम्बन्धका बिषयमा देश भित्र मात्रै नभै देश बाहिर पनि बहस हुन थालेको छ । सम्बन्धकै बिषयमा जापानको राजधानी टोकियोमा पनि यसै महिनाको २३ तारिख आइतबारका दिन एक अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको छ ।

टोकियोको इचिगाया स्थित जाइका इन्टरनेशनलको हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल भारत सम्बन्ध र बर्तमान अवस्थामा १९५० को सन्धिको सान्दर्भिकता बिषयमा पनि छलफल गरिने भएको छ ।

कार्यक्रममा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा नेपाल भारत सम्बन्ध पुनरावलोकन सम्बन्धि गठित प्रबुद्न समुहमा भारतीय पक्षका सदस्य समेत रहेका डा. महेन्द्र पी लामा र चुकुवा विश्वविद्यालयका सहायक प्रा.डा:कमल लामिछाने लगायतको सहभागिता रहने आयोजक पक्षले जानकारी गराएको छ ।

मुल आयोजक चुकुबा युनिभर्सिटी रहेको यस कार्यक्रमलाई
बैदेशिक लगानी उच्च स्तरिय समन्वय तथा अनुगमन समितीका सदस्य महेश श्रेष्ठले संयोजन गरेका छन ।

कार्यक्रमलाई जापानबासी नेपालीको साझा कार्यक्रम बनाउनका लागी सुदुरपश्चिमेली नेपाली समाज जापान र ‘संम्बृद्व नेपाल निर्माण अभियान’-INFSD JAPAN ले ब्यबस्थापकिय सहयोग गरेका छन् ।

प्रवासमा हुने यस्ता किसिमका कार्यक्रमले सम्मृद्ध नेपाल निर्माणमा ईटा थप्ने काम हुन सक्ने भन्दै कार्यक्रममा उपस्थितिका लागी बिभिन्न राजनीतिक दलका भात्रृसंगठनका प्रतिनिधी र संघ संस्थालाई अपिल गरिएको छ । कार्यक्रममा उपस्थितीको लागि ८० जना मात्र सिट संख्या निर्धारण भएकोले उपस्थितीको पूर्व नाम दर्ता गर्न अनुरोध पनि आयोजकले गरेको छ ।

कार्यक्रम स्थल – जाइका इचिगया हल
१०-५ इचिगया , होनमुरा चो , शिन्जुकु टोकियो
मिती – २३ जुलाई ,२०१७
समय – साझ ५:०० – ९ बजे सम्म
नाम दर्ता – डा. विजय ज्ञवाली ( ०९०-८०५४-७४०४) आशिश रावल ( ०९०-९४०२-२०५० ) सन्तोष चोखाल ( ०८०- ९८२०- ४८७०) बसन खत्री ०९० – २४८२ – ०६६०

 

 

 

 

Loading...