अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला पक्राउ

काठमाडौं । 

अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ ।

अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक अधिकारको पक्षमा वकालत गरिरहेकी थिइन् । उनी रुसी सरकारको उच्च अधिकारीहरुको निर्देशनमा काम गरिरहेकी थिइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फिनल्यान्डमा भएको वार्ताको केही समयपछि नै मारिया पक्राउ परेकी हुन् ।

मारिया पक्राउ परेको विषय अमेरिकामा सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको अनुसन्धानसँग संलग्न नरहेको बताइएको छ ।

२०७५ साउन १ मा प्रकाशित

Loading...