अर्जेन्टिनाका प्रशिक्षक साम्पोलीद्वारा पदत्याग, यस्तो छ कारण

काठमाडौं ।

अर्जेन्टिनाका मुख्य प्रशिक्षक जर्ज साम्पोलीले प्रशिक्षक पद छाडेका छन्। विश्वकपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षक साम्पोलीले अर्जेन्टिनाको फुटबल एसोसिएसनसँगको सहमतिमा पद छाडेको सिन्ह्यालेले जनाएको छ।

रूस विश्वकपमा टोलीको खराब प्रदर्शनपछि साम्पोलीले पद त्याग गरेका हुन्। अर्जेन्टिनाको फुटबल एसोसिएसनका अनुसार एसोसिएसन र राष्ट्रिय टिमका प्रशिक्षक साम्पोली प्रशिक्षक सम्झौता अन्त्य गर्ने सहमति भएको हो। साम्पोलीसँगै फिजियो जोर्गे डेसियो र भिडियो एनालिस्ट माटीअस मन्नाले पनि पद छाडेका छन् ।

रूसमा आइतबार सम्पन्न विश्वकपमा अर्जेन्टिना अन्तिम १६ को पहिलो खेलबाट बाहिरिएको थियो। मुश्किलले दोस्रो चरण प्रवेश गरेको अर्जेन्टिना फ्रान्ससँग पराजित हुँदै घर फर्किएको हो।

५८ बर्षिय साम्पोली सन् २०१७ मा प्रशिक्षक नियुक्त भएका थिए।

२०७५ साउन १ मा प्रकाशित ।

Loading...