सरकारले सदरमुकाममा जनचेतनामूलक कार्यक्रम गर्दा पनि गिरफ्तार गरी २ हप्ता गैरकानुनी हिरासत राखियाे

गमगढी, ३२ असार । मुगु जिल्ला प्रहरी कार्यालयमा गैरकानुनी रुपमा बन्दी बनाइएका अास्थाका बन्दीहरुलार्इ पत्रकारहरुकाे टाेलीले अाज भेटघाट गरेकाे छ ।

काठमाडाैबाट मुगु पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीकाे नेतृत्वमा गएकाे टाेलीले जिल्ला प्रहरी कार्यालय मुगु गमगढीकाे हिरासतमा रहेका ६ जना अास्थाका बन्दीहरुलार्इ भेटघाट गरेकाे हाे । नेपाल कम्युनिस्ट पार्टी मुगुका जिल्ला इन्चार्ज संगम सहित अडिक, धनमान सिंह, रंग बडुवाल, समर्थक बलबहादुर शाही गरी ६ जनालार्इ असार १८ गते सदरमुकाम गमगढीमा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेकाे थियाे । सदरमुकाममा मदिरा नियन्त्रण र भ्रष्टाचारका विरुद्ध जनचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिरहेका बेला एकाएक प्रहरीले नियन्त्रणमा लिनुका साथै कुटपिट गरेर पक्राउ गरेकाे बन्दीहरुले बताएका छन् । कुटपिट र विनाकारण गैरकानुनी रुपमा अाफ्ना कार्यकर्ताहरुलार्इ प्रहरीले गिरफ्तार गरेपछि त्यसका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले एक दिने कर्णाली बन्द कार्यक्रम समेत गरेकाे थियाे ।

त्यसरी गिरफ्तार परेका अास्थाका बन्दीहरु भेटेर वास्तविकता पत्ता लगाउन पत्रकारहरुकाे टाेली अाज गमगढी जिप्रकामा पुगेकाे थियाे । पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीसँगै महासंघ मुगु जिल्ला शाखाका अध्यक्ष नृपेन्द्र मल्ल, उपाध्यक्ष दानबहादुर बुढा, मुगु शाखाका पूर्व अध्यक्ष राजबहादुर शाही समेत सहभागी भएका थिए ।

साे क्रममा हिरासतमा रहेका नेकपाका जिल्ल इन्चार्ज संगमले सरकार अाफैले संविधानकाे धज्जी उडाइरहेकाे बताए । नयाँ संविधानले अभिव्यक्ति स्वतन्त्रता, अास्था र विचारकाे स्वतन्त्रतालार्इ माैलिक अधिकारका रुपमा व्यवस्था गरे पनि सरकारले त्यसकाे ठाडै उल्लंघन गरेर अाफूहरुलार्इ गिरफ्तार गरेकाे बताए । याे सरकार हदैसम्म निरङ्कुश भएकाे दावी गर्दै नेता सङ्गमले सरकार अाफै देशमा ठूलाे द्वन्द्व निम्त्याउन लागिपरेकाे बताए ।

उनले भने “शान्तिपुर्ण रुपमा भएरहेकाे कार्यक्रममा हस्तक्षेप गरेर अभिव्यक्ति स्वतन्त्रता खाेस्दै सरकारले अाफैले बनाएकाे संविधान अाफै च्यातेकाे छ ।”

Loading...