नेपालको पर्यटन विकासका लागि जापानमा भब्य कार्यक्रमको आयोजना गरिदै

नेपालको पर्यटन विकासका लागि जापानमा एक दिवसीय बिचार गोष्ठीको आयोजना गरिने भएको छ ।

सुदुरपश्चिमेली नेपाली समाज जापान र नेपाल जापान पर्यटन अध्ययन केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त बिचार गोष्ठी कार्यक्रम अगष्ट ५ तारिख दिउसो १ बजे देखि टोकियोको इचिगाया स्थित जाईकाको सेमिनार हलमा हुनेछ ।

राप्ती समाज ,पर्वत समाज र यूथ फर अल सह-आयोजक रहेको उक्त कार्यक्रममा जापानमा पर्यटन बिषयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली बिशेषज्ञहरुद्वारा कार्यपत्र समेत प्रस्तुत गरिने छ ।
कार्यक्रममा सहभागिताका लागि आयोजकले जापानका सबै नेपालीलाई हार्दिक अपिल पनि गरेको छ ।

नेपाल सरकारले पर्यटन विकासको गुरु योजनास्वरुप १० वर्षे पर्यटन रणनीति अन्तर्गत १५- २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको देखिन्छ भने यसको लोगोसँगै नारा “हामी नेपालीको भावना, पर्यटक हाम्रा पाहुना’” पनि ठोस गरेको छ । पर्यटन नीतिमा पनि सुधारहरु गर्ने जनाएको छ। अहिले रहेको १२ दिनको पर्यटकको बसाई अवधीलाई लम्बाएर १५ दिने पुर्याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पुर्याउने लक्ष्य राखेको छ ।त्यस्तैगरी सन् २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४ प्रतिशत मात्रै रहेको छ भने यसलाई र विदेशी मुद्रा आर्जन पनि बढाउने लक्ष्य राखेको छ।

यसको साथै यस कार्यक्रमको लागि नेपाल पर्यटन बोर्डले सहयोग र समन्वय गरेको एनआरएनए जापानका सदस्य तथा नेपाल फेस्टिवल पर्यटन उप समिति संयोजक तथा यस कार्यक्रमका प्रचार प्रसार समिति संयोजक आशिष रावलले जनाएका छन्। कार्यक्रममा हार्दिकताकासाथ उपस्थित भएर नेपालको पर्यटन विकास र प्रवर्द्वनमा आफ्ना अमुल्य सुझावहरु दिएर अहम भुमिका निर्वाह गरीदिनुहुनुको लागि सुदूरपश्चिमेली नेपाली समाज जापानका अध्यक्ष एकेन्द्र थापा, पर्वत समाजका अध्यक्ष सुजन जोशी र युथ फर अलका अध्यक्ष बाबुराम पौडेलले सयुक्त रुपमा अनुरोध गरेका छन ।

Loading...