बाबु कान्छालार्इ युनिर्भसल सर्टिफिकेट प्रदान

काठमाडाैं । शुक्रबारबाट नेपाल भर प्रर्दशनमा आएको सलोन बस्नेत अभिनित चलचित्र “बाबु कान्छा” ले सेन्सरबोर्डबाट युनिर्भसल सर्टिफिकेट पाएको छ ।

सेन्सर बोर्डले फिल्मलाई बालबालिका, युवा युवति तथा सबै उमेर समूहका ब्यक्तिहरुले हेर्न पाउने गरी यस्ताे सर्टिफिकेट दिएकाे हाे । नेपाली सिनेमा जगतका लागि फरक धारको विषयवस्तुमा आधारित रहेर तयार पारिएको कारणले पनि सबै दर्शकका लागि उत्तिकै महत्वपूर्ण हुने फिल्मका निर्देशक साेवित बस्नेतले बताए । माया प्रेम र रोमान्सका दृश्यहरुलाई निकै कलात्मक रुपमा चलचित्रमा समेटिएको छ ।

फिल्ममा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत तथा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

Loading...