२० वर्षपछि फ्रान्सले उचाल्यो विश्वकपको उपाधी

काठमाडाैं । रुसमा सम्पन्न भएकाे विश्वकप २०१८ काे उपाधी फ्रान्सले हात पारेकाे छ । साेमवार राती भएकाे खेलमा क्राेसियालार्इ ४-२ गाेलले पराजित गर्दै फ्रान्सले उपाधी हात पारेकाे हाे ।

विश्वकपकाे २१ औं सस्करणको फाइनलमा जित हात पारेसँगै फ्रान्स २० वर्षपछि पुन: विश्वविजेता बनेकाे हाे । यसअघि फ्रान्स सन् १९९८ मा पनि विश्वविजेता बनेकाे थियाे ।

रुसकाे मस्कोस्थित लुजनिकी खेलमैदानमा भएको फाइनल खेलमा फ्रान्सले १८ औ मिनेटमै अग्रता लिएकाे थियाे । क्रोएसियाका मारियो मान्जुकिजले कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा आफ्नै पोस्टमा अात्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएकाे हाे । एन्टोइन ग्रिजम्यानको फ्रि किक क्लियर गर्ने प्रयास गर्दा बल मान्जुकिचको टाउकोमा लागेर गोलपोष्टभित्र छिरेको थियो । यो विश्वकपको फाइनलमा भएको पहिलो आत्मघाती गोल समेत बनेको छ ।

फ्रान्समाथि लगातार दबाव बनाउँदै उत्कृष्ट खेल प्रदर्शन गरेकाे क्रोएसियाले २८ औं मिनेटमै गाेल गरेर खेल बराबरीमा ल्यायाे । क्राेसियाका लागि इभान पेरिसिककाे उत्कृष्ट प्रहार गाेलमा परिणत भएकाे थियाे ।

क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डर पेरिसिचले डिबक्सभित्र ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले पेनाल्टीको निर्णय गरेका थिए ।

दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।

खेलकाे ६९ औं मिनेटमा क्रोएसियाका मारियो मान्जुकिजले एक गाेल गरेर टाेलीकाे मनाेबल माथि उठाए । फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले गरेकाे गल्तीलार्इ उनले सहजै गाेलमा परिणत गरिदिए । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।

पोग्बाले ५९ औं मिनेटमा गोल गरे। रिबाउन्ड भएको आफ्नै प्रहारमा उनले गोल गरेका थिए। ६५ औं मिनेटमा एमबाप्पेले गोल गरेका हुन्। प्रतियोगितामा एमबाप्पेको यो चौथो गोल हो।

गल्तीमा क्रोएसियाले ६९ औं मिनेटमा गोल थपेको थियो। ब्याक पास भएको बललाई लोरिसले समयमै क्लियर गर्न नसक्दा मान्जुकिचले गोल गरेका थिए। विश्वकपको फाइनलमा सन् १९६६ पछि सबैभन्दा बढी गोल भएको हो। सन् १९६६ को विश्वकप फाइनलमा इङ्ल्यान्डले तत्कालिन पश्चिम जर्मनीलाई ४-२ गोलले हराएको थियो। तर त्यो खेल अतिरिक्त समयसम्म धकेलिएको थियो।

फ्रान्सले यसअघि सन् १९९८ को पनि विश्वकप जितेको थियो। फ्रान्सको यो समग्रमा तेस्रो विश्वकप फाइनल भिडन्त थियो। २००६ को विश्वकपमा फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको फ्रान्स दुई वर्षअघि घरेलु मैदानमै आयोजित युरोकपमा फाइनलसम्म पुगेको थियो।

फाइनल खेल हेर्नका लागि रसियाका राष्ट्रपति भ्लादमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राेन, क्राेसियाकी राष्ट्रपति काेलिन्डा ग्राबर किटाराेभिक सबै पुगेका थिए । साथै उनीहरु फिफा अध्यक्षसँगै उपाधी र पदक वितरणमा पनि सहभागी भएका थिए । 

Loading...