भानु जयन्तिमा विभिन्न स्रष्टा सम्मानित

काठमाडौं, २९ असार । भानु साहित्यिक प्रतिष्ठान काँकडभिट्टाले कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेसहित साहित्यकार र पत्रकारलाई सम्मान गरेको छ ।

आज २०५ औँ भानु जयन्तीको अवसरमा काँकडभिट्टामा भएको कार्यक्रममा सामाजिक क्षेत्रमा विशिष्ठ योगदान पुर्याएबापत कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई १ लाखको भानु पुरस्कार प्रदान गरेकोे हो ।

पत्रकार राजु अधिकारीलाई २५ हजारको धनमाया देवकुमारी, प्रजापति उप्रेती पत्रकारिता पुरस्कार र साहित्यकार राजेन्द्र संग्रौलालाई २५ हजारको हेमराज मेदनी खरेल साहित्यिक पुरस्कार प्रदान गरेको छ ।

दृष्टिविहीन गायक जेष्ठा मुर्मुलाई भानु प्रतिभा पुरस्कार र इञ्जिनियर रुद्र मैनालीलाई प्रतिभा सम्मान प्रदान गरेको हो । उनीहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले दोसला, सम्मान पत्र र नगदले सम्मान गरेका हुन् ।

कार्यक्रममा काँकडभिट्टामा रहेको भानुभक्तको पूर्ण शालिकमा माल्यर्पण गर्दै उपकुलपति घिमिरेले प्रतिष्ठानको कार्यालयको उद्घाटनसमेत गरे ।

Loading...