बल्ल ट्राफिक बत्ती मर्मत गरिदै, आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले जडान भएर पनि संञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

कामपा भौतिक विकास विभाग प्रमुख रामबहादुर थापाले राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चावहिल, बागबजार चोक, रत्नपार्क, कालिमाटी, कोटेश्वर, तीनकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागेको जानकारी दिए ।

उनले कामपा नगरपरिषद्ले बजेट पारित गरिसकेको जानकारी गराउँदै केही महिनाभित्र मर्मत गरी सञ्चालन गर्ने तयारी रहेको बताए ।

कामपाले ट्राफिक लेन, जेब्रा क्रसिङ, डिभाइडर निर्माण र यात्रु प्रतीक्षालय निर्माण गर्ने भएको छ । कामपाले आगामी वर्ष ट्राफिक व्यवस्थापन गर्न ३ करोड रुपियाँ विनियोजन गरेको छ ।

बाटो विस्तार र मेलम्चीको पाइप बिच्छ्याउने क्रममा यात्रु प्रतीक्षालय भत्किएका थिए । भत्किएका र नयाँ पहिचना भएका स्थानमा यात्रु प्रतीक्षालय निर्माण गर्ने कामपाले जनाएको छ । कामपाले राजधानीका करिब आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय निर्माण गर्ने जनाएको छ ।

त्यस्तै बल्खु, इच्छुमति, मनमती खोला किनारमा करिडोर निर्माण गर्ने भएको छ । राजधानीको सडकमा सवारी चाप बढेपछि कामपाले भित्री शहरका खोला किनारमा करिडोर निर्माण गर्न लागेको हो ।

वागमती नदी किनार कोटेश्वरदेखि भक्तपुरसम्म जोड्ने सडकमा साइकल लेन निर्माण गर्ने भएको छ । भेइकल फ्री–जोनको रुपमा चिनिएका ठमेल, काठमाडौका कोर सिटी लगायतका क्षेत्रमा पनि साइकल लेन निर्माण गर्ने भएको छ ।

खोला किनारामा सौन्दर्यीकरण गरेसँगै साइकल लेन निर्माण गर्न लागिएको विभागीय प्रमुख थापाले जानकारी दिए ।

Loading...