दुर्गाथलीमा २ जना मृत भेटिए, कसरी घट्यो घटना ?

बझाङ । 

जिल्लामा दुई जना मृत अवस्थामा फेला परेका छन् । बझाङको दुर्गाथलीगाउँपालिका बडा नम्बर २ को मैरीबगरमा दुई जना मृत अवस्थामा फेला परेका हुन् ।

बुधवार सात बजेतिर २ जना मृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटना के कारणले भएको त्यसको अनुसन्धान भइरहेको जिल्लाप्रहरी कार्यालय बझाङकाप्रहरी नायवउपरिक्षक ऋषिराम कडेले बताए । अहिलेसम्म मृतको पहिचान हुन सकेको छैन ।

२०७५ असार २८ मा प्रकाशित ।

Loading...