भारतीयलार्इ आफूभन्दा माथि राखेपछि कान्तिपुरबाट सुधिर शर्मा र अखिलेश उपाध्यायले दिए राजिनामा

काठमाडाैं, २७ असार । निजी क्षेत्रकाे बिगमिडिया हाउस कान्तिपुर मिडिया ग्रुपमा खैलाबैला मच्चिन थालेकाे छ । सम्पादकीय स्वतन्त्रतामा अाँच अाएपछि कान्तिपुर दैनिक पत्रिकाका प्रधान सम्पादक सुधिर शर्मा र द काठमाडाैं पाेष्टका सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका छन् ।

थुप्रै व्यापारिक फर्ममा जाेडिएर काम गरेका केएमजीका मालिक कैलाश सिराेहियाले कान्तिपुर मिडिया ग्रुपमा पनि अाफ्नै तरिकाले धेरै मान्छे भित्र्याइरहेका छन् । साेही क्रममा सिराेहियाले एक जना भारतीयलार्इ सम्पादक भन्दा माथिल्लाे पदमा राखिदिएपछि समस्या उत्पन्न भएकाे हाे । भारतको टाइम्स अफ इन्डिया ग्रुपमा कार्यरत रजनीश ऋषीलाई सिराेहियाले केएमजीकाे महाप्रबन्धकमा ल्याएका छन् ।

रजनिश ऋषिलार्इ महाप्रबन्धकमा राख्ने मात्र नभर्इ सिराेहियाले सुधिर र अखिलेसलार्इ समेत तिनै रजनीश ऋषिकाे मातहतमा राखेर उनीहरु दुबै जना ऋषिप्रति जवाफदेही हुने गरी काम गर्नुपर्ने समेत बताएका थिए । सिराेहियाले कुनै सल्लाह नै नगरेर एकाएक सम्पादकीय स्वतन्त्रतामा असर पुर्याउने गरी यस्ताे निर्णय गरेपछि सम्पादक सुधिर शर्मा र अखिलेश उपाध्यायले राजिनामा दिएकाे बताइएकाे छ । तर, उनीहरुकाे राजिनामा सिराेहियाले स्वीकृत भने गरेका छैनन ।

त्यतिमात्र हाेर्इन सिराेहियाले भारतीय मिडिया टाइम्स अफ इन्डियासँग केही गाेप्य काराेबार गर्नलार्इ डिल गरेकाे अाराेप पनि कान्तिपुरमा कार्यरत पत्रकारले लगाएका छन् ।

सिराेहियाले भारतीय प्रबन्धकलाई सम्पादक भन्दा माथिको हैसियतमा राख्ने र भारतीय बिगमिडियासँग गाेप्य डिल गरेकाे भन्दै असन्तुष्टि जनाएका छन् । प्रधान सम्पादक सुधीर शर्मा र काठमाडौँ पोष्टका अखिलेश उपाध्याय त राजीनामा दिइ अध्यक्षको निर्णयको विरोधमा उत्रिएका छन ।

कान्तिपुर सम्पादकको यसअघिको नियुक्तिमा निर्णायक भूमिका खेलेका पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल समक्ष पनि कान्तिपुर पत्रकारहरुको एउटा समूह पुगेको थाहा भएकाे छ । सिरोहियाको वर्तमान निर्णयले सञ्चारमा विदेशी भूमिका अपरदर्शी तरिकाले भित्रने खतराप्रति सचेता गराउँदै त्यसमा सरकारले आवश्यक कदम चाल्नु पर्ने माग उनी समक्ष राखेको बुझिएको छ ।

शर्मा र उपाध्यायले राजीनामा दिएपछि कान्तिपुर र काठमाडौँ पोष्टमा उनीहरुका उत्तराधिकारी बारे व्यवस्थापनबाट कुनै संकेत नआएको पनि त्यहाँ कार्यरत पत्रकारहरुको भनाई छ । कान्तिपुरका हाल सम्पादक हरिबहादुर थापा र काठमाडौँ पोष्टका सम्पादकलाई समेत प्रधान सम्पादकको राजीनामापछि कुनै विशेष जिम्मेवारी नतोकिएको पनि पत्रकारहरुले बताए ।

अनौपचारिक रुपमा अध्यक्ष सिरोहियाले पत्रकारहरुसँग मंगलबार रजनीश ऋषीको नियुक्ति सञ्चार गृहको आर्थिक अवस्था सुधारको उद्देश्यले मात्र गरिएको र सम्पादकीय स्वतन्त्रतामा त्यसले प्रतिकुल असर नपार्ने स्पष्टिकरण दिएर आस्वस्त पार्न खोजेका थिए ।

Loading...