पर्यटकीय विकासका निमित्त काठमाडौँ र टोखा नगरपालिकाबीच नगर साझेदारी

चार करोड लागतमा निर्माण हुने उद्यानको ५० प्रतिशत लगानी सहयोग काठमाडौँ महानगरले व्यहोर्ने सहमति

काठमाडाैं, २० असार । काठमाडाैं उपत्यकाकाे पर्यटन विकासका लागि उपत्यकाका नगरपालिका र महानगरपालिकाबीच सहकार्यकाे सुरुवात भएकाे छ । यसैक्रममा काठमाडाैं महानगरपालिका र टाेखा नगरपालिकाले नगर-नगरबीच पूर्वाधार निर्माणका लागि सहमति गरेका छन् । 

एेतिहासिक र धार्मिक महत्व रहेको टोखा नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा सघाउन महानगरपालिका सहमत भएकाे हाे । यसैक्रममा नगर-नगर साझेदारी बालमैत्री उद्यान निर्माण गर्न दुबै निकाय तयार भएका छन् । जसमा काठमाडौँ महानगरले १ करोड रुपैयाँ टाेखा नगरपालिकालार्इ दिने भएकाे छ ।

बुधबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले टोखा नगरका प्रमुख प्रकाश अधिकारीलाई उक्त एक कराेडकाे चेक हस्तान्तरण गरेका छन् । महानगरले आ. व. २०७४÷०७५ मा बिनियोजन भएको रकमबाट यो रकम उपलब्ध गराएको जनाएकाे छ । 

दुई नगरबीचकाे सम्झौता अनुसार टोखा नगरपालिकाकाे वडा नं. १ झोर मा रहेको बौडेश्वर महादेव क्षेत्रको गुरुयोजनाभित्र समेटिएको बाल उद्यान निर्माण गरिने बताइएकाे छ । टाेखा नगरपालिकामा रहेका झरना, बैतेश्वर महादेव स्थान क्षेत्रलार्इ ३ वर्षभित्र निर्माण सम्पन गरी संचालनमा आउने गरी सम्झौता रकम हस्तान्तरण गरिएको हो । टोखा नगरले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न करीव २५ करोडको लागत अनुमान गरेर गुरुयोजना तयार पारेको छ ।

कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सबै नगर समृद्ध हुनुपर्ने र उपत्यकाको समृद्धिका लागि सँगै जोडिएर रहेका अरु नगरलार्इ पनि सँगसँगै विकास गर्ने लक्ष्यअनुसार स्वीकृत कार्यक्रम अन्तर्गत टोखा नगरलाई सहयोग गरिएकाे बताए । उनले यस प्रकारको सहयोग प्रस्तावका आधारमा अन्य नगरलाई पनि दिइने बताए । 

कार्यक्रममा टोखा नगरका प्रमुख प्रकाश अधिकारीले राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा काठमाडौं महानगरको नाम आउँछ तर अन्य नगरको नाम कमै आउने भएका कारण छिमेकी काठमाडौँ महानगरको विकासमा सँगसँगै हिँडाउनु पर्ने बताए । 

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले — हरेक नगरलाई आर्थिक सहयोग दिएर विकासमा साथै लैजान महानगरले रकम विनियोजन गरेको जानकारी गराइन । उनले भनिन्, “एक्लै राम्रो देखिएर हुँदैन, सँगै हुने पनि राम्राे देखिनु पर्छ, त्यसैले महानगर उपत्यकाको एकीकृत बिकासका पक्षमा छ ।”

करीव ४ करोड २३ लाख कूल लागतमा निर्माण हुने भनिएको उक्त उद्यानको लागि ४-४ महिनामा कार्येप्रगतिको आधारमा रकम उपलव्ध गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

-फोटो साभार -चन्द्रमणि भटराई

Loading...