कस्तो अनौठौं एउटै घरबाट ११ जनाको शव बरामद

काठमाडाै् । भारतको राजधानी दिल्लीस्थित एउटा घरबाट ११ जनाको शब बरामद भएको छ। दिल्लीको उत्तरी क्षेत्र बुराडीको सन्तनगर क्षेत्रबाट ती शब बरामद भएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार एउटै घरबाट ७ महिला र ४ पुरुषको शब फेला परेको छ। सबै शब झुण्डिएको अवस्थामा बरामद गरेकाे स्थानीय प्रहरीले जनाएकाे छ। दुई परिवारका ११ सदस्यले एकै पटक आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। आईतबार बिहान करिब ८ बजे स्थानीय प्रहरीले घटनाको जानकारी पाएको थियो। बरामद सबै शब पाेस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

अहिले घरको घेराबन्दी गरेर भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

Loading...