सभामुख र उपसभामुख संविधानविपरित, तत्काल राजिनामा दिन कांग्रेसको माग

काठमाडाैं, १७ असार । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानअनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने माग राखी सरकार, सभामुख र संसदको ध्यानाकर्षण गराउँदै आएको छ । संसदमा यही विषयमा सत्ता र प्रतिपक्षीको सधैँजसो जुहारी नै चल्ने गरेको छ ।

विशेष समयमा बोल्ने कांग्रेस सांसदहरुले दिनैपिच्छे सोझो वा घुमाउरो भाषमा यही आवाज उठाईरहेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रै भए भएको प्रमाणपत्र निर्वाचन आयोगबाट पाएपछि बसेको प्रतिनिधिसभाको बैठकबाट कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानअनुसार सभामुख र उपसभामुखमध्येक एकले राजीनामा दिएर कानुन्को पालना गर्नुपर्ने बताए ।

Loading...