वडास्तरीय युवा तथा स्वयम् सेवक भेला कार्यक्रम सम्पन्न

    

असार १६ ,ललितपुर । ललितपुर महानगरपालिका वडा नं १६ को आयोजनामा शुक्रबार युवा तथा स्वयम् सेवक भेला सम्पन्न भएको छ ।

भेलामा महानगरपालिका वडा नं १६ या अध्यक्ष निर्मल रत्न शाक्यले महानगरपालिकाको विपद् व्यवस्थापन कार्येक्रममा सक्रिय सहभागिता रहेका युवाको प्रसंसा तथा सम्मान गर्नुका साथै आउदा दिनहरुमा युवाहरुको सक्रिय सहभागिताया अपेक्षा गर्दै युवा सहभागिताबात नै सामाजिक विकास, आर्थिक विकास सम्भव हुने भएकाले युवा अग्रसरताका कार्येमा सदैव सहयोग रहने बतुनुभयो ।
आफ्नो जिम्मेवारी भित्रका जुनसुकै कठीनार्इ र चुनौतिका वावजुद पनि आफ्नो कार्येक्षेत्रका हरेक समस्यालाइ समाधान तथा बिकासमा रुपान्तरण गर्दैजानु प्रमुख कर्तब्य रहेको र विशेष गरि युवा वर्गलाइ संगै समेट्दै विभिन्न सुझावहरुमाथि छलफल गर्दै जाने हो भने सफलता पनि प्राप्त हुदै जाने उहाको भनाइ छ ।

वडाया सल्लाहार संयोजक दिलिप जोशीं विज्ञ अनिल चित्रकार लगाएत अन्यले बडा बिकाशका निमित्त युवाको भूमिका बारे बिचार राख्नु भयो ।
युवा भेलाले वडाका निमित्त कसरि कार्य अगाडी बढाउने र युवा समूह कसरि सक्रिय बनाउने भन्ने बारे छलफल गर्दै ठोस निर्णयमा पुग्ने बताएको छ ।
कार्येक्रममा संयोजक विजय महर्जन, दिपक पोखरल, कृष्ण महर्जन, दिलिप जोशींले युवाको दायित्व र युवा परिचालन सम्बन्धमा आ-आफ्नो बिचार राख्नुभएको थियो ।

Loading...