नेकपा नेता असारे काका र पदम राईसहित ५० जना गिरफ्तार

काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राई ‘विकास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

शनिबार दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ ।

‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र राई पोलिटब्यूरो सदस्य हुन् । विभिन्न पार्टीबाट आज नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो । 

दुई नेतासहित कार्यक्रमस्थलबाट ५० जना नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

Loading...