नया एयरबस ए३३०–२०० नेपाली पाइलटहरुले उडाउने

 

  असार १५,काठमाडौँ । नेपाल वायुसेवा निगमको पहिलो वाइड्् वडी ए३३०–२०० विमान अन्नपूर्ण बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट नौ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । दुईवटा खरीद गरिएको मध्ये दोश्रो विमान डेढ महिनापछि ल्याइनेछ ।
नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट लिइएको १२÷१२ अर्व रुपैयाको ऋणबाट दुईवटा विमान खरीद गरिएको हो । २०७४ बैशाख ७ गते नेपाल सरकारबाट ग्यारेन्टी स्वीकृत भए पछि खरीदको लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो । २०७४ जेठ २८ गते नागरिक लगानीकोष र कर्मचारी संचयकोषसँग ऋण सम्झौता भएको थियो । जहाज प्रतिथान मूल्य १० करोड ४८ लाख अमेरिकी डलर निर्धारण भएको छ ।
 नया वाइडवडी विमानमा २७४ सीट छन्् जसमध्ये १८ सिट सांग्रिला क्लास र २५६ सीट साधारण क्लासका छन्् ।
तुलुजबाट क्याप्टेन त्च्क्ष् ख्ष्लअभलअय त्भचmबलतभ र ँष्निजत इााष्अभच व्यबय ऋभकबच ख्ष्भष्चब(मब क्ष्खिब को कमाण्डमा विमान ल्याइएको थियो र नेपाल नागरिक उड््डयन प्राधिकरणले उडान अनुमती दिएपछि व्यावसायिक उडानमा लगाइने छ । अव उप्रान्त नेपाली पाइलटहरुले पनि वाइड््वडी विमान उडाउने छन्् । पहिलो चरणमा दुवई÷दोहा उडान गरिने छ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया, साउदी अरेवीयाको रियादमा उडान गरिनेछ । 

Loading...