अग्लो व्यापारिक भवनमा ठोक्किएर जहाज दुर्घटना, जहाजमा सवार सबैको मृत्यु

एजेन्सी । बिहिबार एक सानो चार्टर्ड विमान मुम्बईको घाटकोपारमा आशिंक रुपमा बनेको भवनमा ठोक्किदा पाँच मानिसको मृत्यु भएको छ । हवाई नियमनकर्ता डीजीसीएले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा जहाजका दुई पाइलट, जहाजमा रहेको दुई इन्जिनियर र एक पैदल यात्रुको मृत्यु भएको जनाइएको छ ।

मृत पाइलटहरुको पहिचान भइसकेको छ । पाइलटको नाम क्याप्टेन पी.एस.राजपुत र कोपाइलट मार्या जुवेरी रहेको छ । प्रारम्भिक रिपोर्टले किङ्ग एयर सी–९० नामक उक्त जहाज जुहु विमानस्थलबाट परीक्षण उडान गर्ने क्रममा सर्भोदय नगर नजिक दुर्घटना भएको देखाएको छ ।

‘जहाजले सडकमा हिडिँरहका एक मनिसमाथि बर्जियो । दुर्घटना हुनु अघि जहाजबाट इन्धन चुहिरहेको थियो । मानिसहरुले केही गर्नु अघिनै यसमा आगो लाग्यो,’ प्रत्यक्षदर्शी बाबाशाहेव यमापले भने ।

उत्तर प्रदेशको सरकारले पहिले आफुसँग रहेको यो विमान यूवाई एभियसनलाई सन् २०१४ मा बेचेको बताएको छ । भारतीय उड्ययन मन्त्री सुरेश प्रभुले दुर्घटनामाथि ‘गहिरो दुःख’ व्यक्त गरेका छन् । डीजीसीएको हवाई विमान दुर्घटना अनुसन्धान व्युरोले यस दुर्घटनाको अनुसन्धान गर्ने जनाइएको छ ।

Loading...