दक्षिण सुडानमा युद्धविरामको सम्झौता, सबै पार्टीले गरे हस्ताक्षर ?

एजेन्सी । 

दक्षिण सुडानका राष्ट्रपति साल्भा किर र विद्रोही नेता रिक माचारबीच स्थायी युद्धविराम गर्ने सहमति भएको छ । स्थायी युद्धबिरामको सम्झौता ७२ घण्टामा कार्यान्वयनमा आउने अधिकारीहरूले जनाएका छन् ।

दक्षिण सुडानमा लामो समयदेखि हुँदै आएको गृहयुद्ध अहिलेको सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले स्थायी युद्धविरामको सम्झौतामा सबै पार्टीले हस्ताक्षर गरेको जानकारी दिएका छन् ।

दक्षिण सुडानका राष्ट्रपति किर र विद्रोहीतर्फका नेता माचारले सुडानका राष्ट्रपति ओमर अल बसिरको उपस्थितिमा स्थायी युद्धबिराम गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि पनि यस्तै थुप्रै युद्धबिराम सम्झौता भएका थिए । तर ती सम्झौता उल्लंघन हुँदा दक्षिण सुडानमा स्थायी शान्ति कायम हुन सकेको छैन ।

यस पटक भने विभिन्न चरणमा पटक पटक आन्तरिक तथा वाह्य छलफलपछि सम्झौता भएको बताइएको छ । वार्ताका लागि इथियोपियाका प्रधानमन्त्री अविय अहमदले पनि ठूलो योगदान गरेका छन् ।

दक्षिण सुडानमा भएको युद्धका कारण दशौं हजार मारिएका छन् भने लाखौं विस्थापित भएका छन् । विद्रोहीहरूको नेतृत्व गर्नुभएका रिक दक्षिण सुडानका पूर्व राष्ट्रपतिसमेत छन् । विश्वभरका नेताहरूले पटकपटक दबाब दिएपछि उनहरू सम्झौतामा पुग्नु भएको बताइएको छ ।

२०७५ असार १४ मा प्रकाशित ।

Loading...